झापामा मोटरसाइकल दुर्घटना : एक बालकको मृत्यु, आठ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ चैत, २०८०
३ वर्षअघि

झापा । झापामा शनिबार साँझतिर भएका दुईवटा दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अरू आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

हिजो अपराह्न ४:४५ बजेतिर कनकाई नगरपालिका-८ बिरिङपुलमा लक्ष्मीपुरबाट सुरुंगातर्फ जाँदै गरेको प्रदेश-१-०१-०१२प ५७७० नम्बर मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

Advertisement

जसमा घाइते बनेका मोटरसाइकल चालक मेचिनगर नगरपालिका-९ का ३८ वर्षीय गोपाल महत्तको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

यस्तै, मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका-३ का २७ वर्षीया पूर्णिमा भण्डारीको को भने बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइहेको छ ।

तर, दुर्घटनामा परेर गम्भीर घाइते भएका पूर्णिमाका आठ वर्षीय छोरा प्रशान्तको भने सोही अस्पतालमा उपचारका क्रममा साँझ ५:४० बजे मृत्यु भएको छ ।

पूर्णिमाका कान्छा आठ महिने छोरा प्रशानको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, हिजो ५:३० बजेतिर झापाकै कमल गाउँपालिका-५ सीतापूरीस्थित पूर्व-पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६ प १२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ६४०३ नम्बरको मोटरसाइकले ठक्कर दिई दुर्घटना भएको थियो ।

जसमा, पाँच जना घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।

तीन जना सवार प्रदेश १-०१-०१६ प १२८३ नम्बरको मोटरसाइकल चालक झापा गाउँपालिका-३ का २४ वर्षीय सरित सेख, पछाडि सवार झापा-४ का २० वर्षीय मोहम्मद रसिद र १८ वर्षीया मनारुल हक सामान्य घाइते छन् ।

प्रदेश १-०१-०१४ प ६४०३ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-२ का २५ वर्षीय काशी
अधिकारीको अवस्था भने गम्भीर छ ।

सोही मोसा पछाडि सवार कमल-४ का ३० वर्षीय डिल्लीराम डांगी भने सामान्य घाइते बनेका छन् । पाँचै घाइतेहरुको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०