झापामा मोटरसाइकल दुर्घटना : एक बालकको मृत्यु, आठ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ चैत, २०८०
२ महिनाअघि

झापा । झापामा शनिबार साँझतिर भएका दुईवटा दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अरू आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

हिजो अपराह्न ४:४५ बजेतिर कनकाई नगरपालिका-८ बिरिङपुलमा लक्ष्मीपुरबाट सुरुंगातर्फ जाँदै गरेको प्रदेश-१-०१-०१२प ५७७० नम्बर मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जसमा घाइते बनेका मोटरसाइकल चालक मेचिनगर नगरपालिका-९ का ३८ वर्षीय गोपाल महत्तको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

यस्तै, मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका-३ का २७ वर्षीया पूर्णिमा भण्डारीको को भने बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइहेको छ ।

तर, दुर्घटनामा परेर गम्भीर घाइते भएका पूर्णिमाका आठ वर्षीय छोरा प्रशान्तको भने सोही अस्पतालमा उपचारका क्रममा साँझ ५:४० बजे मृत्यु भएको छ ।

पूर्णिमाका कान्छा आठ महिने छोरा प्रशानको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, हिजो ५:३० बजेतिर झापाकै कमल गाउँपालिका-५ सीतापूरीस्थित पूर्व-पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६ प १२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ६४०३ नम्बरको मोटरसाइकले ठक्कर दिई दुर्घटना भएको थियो ।

जसमा, पाँच जना घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।

तीन जना सवार प्रदेश १-०१-०१६ प १२८३ नम्बरको मोटरसाइकल चालक झापा गाउँपालिका-३ का २४ वर्षीय सरित सेख, पछाडि सवार झापा-४ का २० वर्षीय मोहम्मद रसिद र १८ वर्षीया मनारुल हक सामान्य घाइते छन् ।

प्रदेश १-०१-०१४ प ६४०३ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-२ का २५ वर्षीय काशी
अधिकारीको अवस्था भने गम्भीर छ ।

सोही मोसा पछाडि सवार कमल-४ का ३० वर्षीय डिल्लीराम डांगी भने सामान्य घाइते बनेका छन् । पाँचै घाइतेहरुको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: आईतबार १८ चैत, २०८०, ०८:०९:४१

सम्बन्धित खबर

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

बुधबार २ जेठ, २०८१
२ घण्टाअघि

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, नेकपा एसले विपक्षमा मतदान गर्ने

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

पथरीमा रुखमा ठोक्कियो मोटरसाइकल : श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

बालेनको माग : गिरीबन्धु टी–स्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ

आईतबार ३० ब‌ैशाख, २०८१
३ दिनअघि

वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लागेका रवि ओडले गरे आत्मसमर्पण

आईतबार ३० ब‌ैशाख, २०८१
३ दिनअघि
उमेरले १२ पुगेकी कञ्चनको आवाज र नृत्यमा ‘तेह्रथुमकी रानी’
बुधबार २ जेठ, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
बुधबार २ जेठ, २०८१
ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्
मङ्गलबार १ जेठ, २०८१
यस्तो छ विश्वकपमा नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली
मङ्गलबार १ जेठ, २०८१
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोमबार ३१ ब‌ैशाख, २०८१
मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने
सोमबार ३१ ब‌ैशाख, २०८१
पिएसजीले लगातार तेस्रो पटक जित्यो फ्रेन्च लिग वानको उपाधि
सोमबार ३१ ब‌ैशाख, २०८१
आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, नेकपा एसले विपक्षमा मतदान गर्ने
सोमबार ३१ ब‌ैशाख, २०८१
पथरीमा रुखमा ठोक्कियो मोटरसाइकल : श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
सोमबार ३१ ब‌ैशाख, २०८१
नेयमार आबद्ध अल हिलालले जित्यो साउदी प्रो-लिगको उपाधि
आईतबार ३० ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०