विराट गोल्डकप : सांग्रीला मोरङ बन्यो सेमिफाइनल पुग्ने पहिलो टिम

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ चैत, २०८०
२ वर्षअघि

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वार्टरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रीला अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

जितसँगै सांग्रीला सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । अब उसले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाईटेडबीच हुने बिजेता टिमसँग खेल्नेछ ।

जितको लागि सांग्रीलाको तर्फबाट आशिष चापागाई, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीको तर्फबाट सोरब दोर्जे दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन ।

खेल सुरु भएको २६ औं मिनेटमा बिवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चापागाइले हेडमार्फत आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो गोल खाएपछि आरटिएफसी दवावमा पर्यो ।

सांग्रीलाले अग्रता लिएको सात मिनेट बित्न नपाउँदै ३३ औं मिनेटमा सुशिल राईले हेडमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पास सुशिलले सदुपयोग गर्दै गोल गरे ।

घरेलु दर्शकको साथ पाएको सांग्रीलाले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । दोस्रो हाफमको ५० औं मिनेटमा विदेशी खेलाडी स्याङले विजय गोल गरे ।

आरटिएफसीको गोल किपर डेन्डुप अगाडी बढेपछि विदेशी खेलाडी स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।

आरटिएफसीको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । लगातार पाएको सुन्दर अवसर आरटिएफसीका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा क्वाटरफाइनलबाट घर फर्किन बाध्य भयो ।

६५ औं र ७४ औ मिनेटमा आरटिएसफीका सोरब दोर्जेले दुई गोल फर्काए । केल्जाङ जिग्मेंले प्रहार सांग्रीलाको गोलकिपर विशाल सुनारले पन्च गरेको बल रिबाउन्ड भएर फर्किएपछि सोरब दोर्जेले गोल गरेका थिए ।

७४ औं मिनेटमा आरटिएसफीका जिङग्माले निकालिएको पास सदुपयोग गर्दै सोरबले गोल गरी ३–२ गोलको स्थितिमा ल्याएर टिमको हौसला बढाए ।

१३ औं मिनेटमा आरटिएफसीका जिङग्माले निकालिएको क्रस पासलाई केन्जुङको कडा प्रहार बाहिरियो ।

त्यसलगतै केल्जाङ जिग्मेंले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीलाको गोलकिपर विसाल सुनारले उत्कृष्ट बचाए । २४ औं मिनेटमा डिबक्स नजिकबाट किन्ले गेतसनको कडा प्रहरा बाहिरियो ।

सांग्रीलाका गोलकिपर बिसाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले आधा दर्जन बढी आरटिएफीको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई अन्तिम चारको यात्रा गराए ।

सांग्रीलाको सुनिल खड्काले ६० औं मिनेटमा वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार डेन्डुपले बिफल पारिदिए ।

सुमन लिम्बुले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी स्याङले गोल गर्नबाट चुके । ७८ औं मिनेटमा केन्जुङको डिबक्स भित्रबाट गरेको कडा प्रहार गोल गर्न चुक्दा बराबारीमा ल्याउन सकेनन ।

खेलको प्लेयर अफ द म्याच सांग्रीलाको महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
आइतबारको खेल एनआरटी फुटबल क्बल काठमाण्डौ र सिकिम ड्रेगान भारतबीच हुनेछ ।

हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए ।

जितपछि प्रतिक्रिया दिदै सांग्रीला फुटबल क्बलका प्रशिक्षक रानु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको कारणले सेमिफाइनमा पुगेको बताए । ‘सेमिफाइनलमा अहिलेको सेटमा केही खेलाडी थप हुनेछ,’ उनले भने ।

प्रकाशित समय: शनिवार १७ चैत, २०८०, २१:२२:३४
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०