विराटनगर । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउने शिक्षक र नक्कली गार्ड समातिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक र नक्कली गार्डलाई पक्राउ गरेको हो ।
बाराको देवताल गाउँपालिका-६ बर्वा घर भई कलैया उप–महानगरपालिका-२ मा रहेको श्री अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।
यस्तै बाराको बारागढी गाउँपालिका-१ मा रहेको श्री जनता मावि बुधगाईमा नक्कली गार्डको रूपमा खटिएर चिट चोराउन भूमिका खेलेकोमा विनोदप्रसाद यादव पक्राउ परेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।