जीवन विकासले विपन्न परिवारलाई बाँड्यो ९० जोडी परेवा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ चैत, २०८०
३ वर्षअघि

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नौ परिवारलाई बिउ पूँजीस्वरूप दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको छ ।

बिहीबार परम्परागत सीपमार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका-३ बेतौनाका नौं अति विपन्न परिवारलाई दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको हो ।

Advertisement

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डलले अति विपन्न परिवारलाई परेवाको बच्चा हस्तान्तरण गरे ।

सांसद मण्डलले परेवा पालनलाई उद्योगको रूपमा विकास गर्न आग्रह गरे । एक सय जोड परेवा पाल्दा मासिक ४५ हजारसम्म आम्दानी हुने बताउँदै उनले भने, ‘यो दश जोड परेवालाई बीउ पूँजी मानेर उद्योगको रुपमा विस्तार गर्नुहोला ।’

विपन्न परिवारको आर्थिक हैसियत उकास्ने मुख्य आधार उद्यमशीलता नै भएको बताउँदै उनले थोरै लगानीमा उद्यमशीलता विकासको आधार तयार हुने भएकाले विपन्न परिवारका लागि परेवा पालन व्यवसाय फलदायी हुने बताए ।

व्यवसायीक रुपमा परेवा पालनबाट राम्रो आम्दानी हुने भएकाले आफ्ना क्षेत्रका अन्य जनतालाई पनि पालनका लागि प्रोत्साहन गरिरहेको उनले बताए ।‘ थोरै लगानीमा नियमित र राम्रो आम्दानी परेवा पालनबाट हुन्छ,’उनले भने,‘ बिक्रीका लागि बजारको समस्या छैन ।’ सांसद मण्डलले विपन्न परिवारलाई आत्मनिर्भर बनाउनका लागि यसअघि परेवा वितरण सुरु गरेका थिए ।

लघुवित्तले नमुना गाउँ बनाउने घोषणा गरेको वेतौनाका अति विपन्न परिवारलाई परेवा हस्तान्तरण गरेको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०