कानेपोखरीमा बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ चैत, २०८०
३ वर्षअघि

विराटनगर । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको सो दुर्घटनामा मोटरसाइकल चालक युवक घाइते भएका छन् । मृतक र घाइते आमा-छोरा हुन् ।

Advertisement

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

हिजो बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका-७ मा भएको सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका-८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ९:३० बजेतिर मृत्यु भएको हो ।

मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन् । अवस्था मध्यम रहेको उनको न्युरोमै उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०