कानेपोखरीमा बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ चैत, २०८०
४ हप्ताअघि

विराटनगर । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको सो दुर्घटनामा मोटरसाइकल चालक युवक घाइते भएका छन् । मृतक र घाइते आमा-छोरा हुन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

हिजो बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका-७ मा भएको सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका-८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ९:३० बजेतिर मृत्यु भएको हो ।

मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन् । अवस्था मध्यम रहेको उनको न्युरोमै उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित समय: शुक्रबार १६ चैत, २०८०, ०९:१८:४८

सम्बन्धित खबर

एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
२ दिनअघि

‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली

बिहिबार १३ ब‌ैशाख, २०८१
३ दिनअघि

पेस्तोल हराएपछि अनुसन्धानमा तानिए वरिष्ठ सई

बुधबार १२ ब‌ैशाख, २०८१
३ दिनअघि
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०