विराटनगर । धनकुटाको धनकुटा नगरपालिकामा लहरीसँग पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हनेमा लहरीका चालक सिरहाको गोलबजार घर भई धनकुटा-९ बस्दै आएका ३० वर्षीय निरज ठकुरी रहेको धनकुटा प्रहरीले जनाएको छ ।
सिधुवाबाट सब्जी लोड गरेर धरानतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअप गाडीले धनकुटा-६ स्थित कोल्ड स्टोरमा रोकिराखेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको लहरीमा ठोक्किएको थियो ।
ब्रेक फेल भएर पिकअप लहरीसँग ठोक्किँदा ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठकुरी उक्त लहरीमा ग्यास लोड गर्दै थिए, त्यसबैला पिकअपले ठक्कर दिँदा लहरीमाथिबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, पिकअपले एक मोटरसाइकल र स्कुटरमा समेत क्षति पुर्याएको छ ।
प्रहरीले पिकअप चालक चेतबहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।