मोरङको ग्रामथानमा २० मिनेटको अन्तरालमा दुई दुर्घटना, तीन जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १४ चैत, २०८०
३ वर्षअघि
फाइल तस्बिर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा मंगलबार साँझ २० मिनेटको अन्तरालमा दुई दुर्घटना भएका छन् ।

ग्रामथानका-२ का दुई भिन्नाभिन्नै स्थानमा २० मिनेटको फरकमा भएका सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।

Advertisement

हिजो साँझ ७ बजेतिर ग्रामथान-२ झोराहाट चोकमा नेताचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प ८२१२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

बाटो काट्दै गरेका स्थानीय ४५ वर्षीय दिलीप पूर्वेलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट खुट्टामा चोट लागेका उनलाई प्रहरीले उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाएको छ ।

प्रहरी चौकी झोराहाटले मोटरसाइकल र चालक सुन्दरहरैंचा नगरपालिका-१ बस्ने अन्दाजी २६ वर्षीय मुकेश खवासलाई नियन्त्रणमा लिएको छ ।

तीव्र गतिमा मोटरसाइकल कुदाएका कारण दुर्घटना भएको छ ।

यस्तै, हिजै साँझ ७:२० बजेतिर ग्रामथान-२ खुन्या कट्टा चोकस्थित पक्की सडकखण्डमा कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

नेताचौकबाट विराटनगरतर्फ आउँदै गरेको को ३५ प ६९७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको बा.प्रदेश-०१-०२६ च १९९३ नम्बरको कारले ठक्कर दिएको हो ।

जसमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-४ का ३३ वर्षीय योगराज श्रेष्ठ र पछाडि सवार ३७ वर्षीय महेन्द्र श्रेष्ठ घाइते भएका छन् ।

उनीहरूलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ ।

प्रहरी चौकी झोराहाटले दुर्घटनामा परेको मोटरसाइकल र कार तथा कार चालक धनुषाको जनकपुर उपमहानगरपालिका-३ बस्ने ३७ वर्षीय नेत्र साहलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०