मोरङको ग्रामथानमा २० मिनेटको अन्तरालमा दुई दुर्घटना, तीन जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १४ चैत, २०८०
१ महिनाअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा मंगलबार साँझ २० मिनेटको अन्तरालमा दुई दुर्घटना भएका छन् ।

ग्रामथानका-२ का दुई भिन्नाभिन्नै स्थानमा २० मिनेटको फरकमा भएका सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।

हिजो साँझ ७ बजेतिर ग्रामथान-२ झोराहाट चोकमा नेताचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प ८२१२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

बाटो काट्दै गरेका स्थानीय ४५ वर्षीय दिलीप पूर्वेलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट खुट्टामा चोट लागेका उनलाई प्रहरीले उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाएको छ ।

प्रहरी चौकी झोराहाटले मोटरसाइकल र चालक सुन्दरहरैंचा नगरपालिका-१ बस्ने अन्दाजी २६ वर्षीय मुकेश खवासलाई नियन्त्रणमा लिएको छ ।

तीव्र गतिमा मोटरसाइकल कुदाएका कारण दुर्घटना भएको छ ।

यस्तै, हिजै साँझ ७:२० बजेतिर ग्रामथान-२ खुन्या कट्टा चोकस्थित पक्की सडकखण्डमा कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

नेताचौकबाट विराटनगरतर्फ आउँदै गरेको को ३५ प ६९७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको बा.प्रदेश-०१-०२६ च १९९३ नम्बरको कारले ठक्कर दिएको हो ।

जसमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-४ का ३३ वर्षीय योगराज श्रेष्ठ र पछाडि सवार ३७ वर्षीय महेन्द्र श्रेष्ठ घाइते भएका छन् ।

उनीहरूलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ ।

प्रहरी चौकी झोराहाटले दुर्घटनामा परेको मोटरसाइकल र कार तथा कार चालक धनुषाको जनकपुर उपमहानगरपालिका-३ बस्ने ३७ वर्षीय नेत्र साहलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: बुधबार १४ चैत, २०८०, ०८:११:०६

सम्बन्धित खबर

रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने

आईतबार १६ ब‌ैशाख, २०८१
१ घण्टाअघि

एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट

शुक्रबार १४ ब‌ैशाख, २०८१
२ दिनअघि

५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा

शुक्रबार १४ ब‌ैशाख, २०८१
२ दिनअघि

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शुक्रबार १४ ब‌ैशाख, २०८१
२ दिनअघि

उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
३ दिनअघि

‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली

बिहिबार १३ ब‌ैशाख, २०८१
३ दिनअघि
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०