ताप्लेजुङ । ताप्लेजुङमा ढुंगाले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फुङलिङ नगरपालिका- ३ का ५९ वर्षीय रामचन्द्र गुरुङ रहेका छन् ।
सोमबार ढुंगाले किचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङ हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको इन्द्रेणी कबर्ड हलनजिकै ढुंगा फुटाएर खाजा खान बसेका थिए ।
त्यतिबेलै माथिबाट झरेको ढुंगाले किचेर उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।