मोरङ प्रहरीको सुरक्षा योजना : जोगिएर होली खेल्नुहोस्, कारबाहीमा परिएला !

राकेश कर्ण
आईतबार ११ चैत, २०८०
३ वर्षअघि

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले होली लक्षित बिशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

रङहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन मोरङ प्रहरी चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । होलीमा हुनसक्ने विभिन्न अवाञ्छित तथा उच्छृङखल गतिविधि नियन्त्रणका निम्त्ति सुरक्षा योजना कार्यान्वयनमा ल्याईएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होलीको समयमा कुनै अप्रिय घटना हुन नदिन आईतबारबाट नै बिशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याईएको हो । होलीलाई सभ्य र भव्य बनाउन जिल्लाभर ठुलो संख्यामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थामा कडाई गरिएको बताईएको छ । तराई सोमबार परेको होलीका दिन कुनै अप्रिय घटना हुन नदिन जिल्लाभर करिब ७०० को संख्यामा प्रहरी परिचालन गरिने मोरङ प्रहरीले जानकारी दिएको छ ।

होलीको समयमा आम सर्वसाधारण र सवारीसाधनको चहलपहल तुलनात्मक रुपमा बढ्ने भएकाले चेकजाँच र निगरानीमा आईतबारदेखि नै कडाई गरिएको छ । सोमबार भने जिल्लाभर १०० वटा स्थानमा चेक प्वाईन्ट स्थापना गरी चेकजाँचमा कडाई गर्ने योजना रहेको मोरङका प्रहरी प्रवक्ता रञ्जन कुमार दाहालले बताए ।

होलीलाई सुुरक्षित बनाउन मोरङ प्रहरीले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा संयुक्त टोली परिचालनको तयारी समेत गरेको छ ।

होली अवधिमा जिल्लाभर प्रहरी उपरीक्षकको कमाण्डमा ९ प्रकारको प्रहरी टोली परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षकको कमाण्डमा २५ जनाको रिजर्भ टोली परिचालन गर्नुका साथै होलीलाई सुरक्षित बनाउन विराटनगर क्षेत्रभित्र मात्रै ९३ जनाको पिकेट ड्युटी र क्विक रेस्पोन्स टिम खटाउने व्यवस्था मिलाइएको छ ।

कसैको इच्छा विपरित लोला हान्ने, रङ लगाउने र मादक पदार्थ सेवन गरी होहल्ला तथा झैं–झगडा गर्ने लगायतका गतिविधि नियन्त्रण गर्न सादा पोशाकमा समेत उल्लेख्य प्रहरी जनशक्ति परिचालन गरिने मोरङका प्रहरी प्रवक्ता रञ्जन कुमार दाहालले बताए ।

सुरक्षा व्यवस्थामा कडाई गर्नुका साथै मोरङ प्रहरीले भने अनिच्छुक र अपरिचित व्यक्तिलाई रङ नलगाउन तथा वृद्धवृृद्धा र बालबालिकाको सम्मान गर्न आग्रह गरेको छ ।

प्रहरीले गाँजा–भाङ्ग र मादक पदार्थको सेवन गरी सवारीसाधन नचलाउन तथा ट्राफिक नियम उल्लंघन नगर्न समेत आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित समय: आईतबार ११ चैत, २०८०, १८:४२:२७

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
५ दिनअघि

बिहिबार १ असोज, २०८३
७ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०