च्याम्पियनको बिदाइ कार्यक्रममा भावुक बने शिक्षक–विद्यार्थी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० चैत, २०८०
२ वर्षअघि

धरान । धरान उपमहानगरपालिका–१५ स्थित च्याम्पियन सेकेन्डरी स्कुलले १० कक्षामा पढ्ने पाँचौं ब्याचका विद्यार्थीलाई बिदाइ गरेको छ । शनिबार स्कुल प्रांगणमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गरिरहेका मायाको चिनो र शुभकामनासहित स्कुलले बिदाइ गरेको हो । यही चैत १५ गतेदेखि २७ गतेसम्म हुने एसइइमा सहभागी हुन आँटेका विद्यार्थीहरूलाई च्याम्पियनको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले सांगीतिक कार्यक्रमको आयोजना गरी बिदाइ गरे ।

कार्यक्रममा स्कुलकी प्रिन्सिपल नाजु सुवेदी, सल्लाहकार दुर्गा सुवेदी, भाइस प्रिन्सिपल, ज्योत्सना लिम्बुलगायतले शुभकाना दिएका थिए । भावुक हुँदै उनीहरूले सानैदेखि माध्यमिक लेभलसम्म अध्यापन गराएको विद्यार्थी छुट्टिएर जाँदा दुःख लागेको बताए ।

तथापि, उच्च शिक्षाको खुट्किलो मानिने एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर स्कुलको नाम राख्न विद्यार्थी सफल हुनेमा आफूहरू विश्वस्त रहेको उनीहरूले सुनाए ।

कार्यक्रमको उपलक्ष्यमा कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षक–शिक्षिकाले गायन तथा नृत्य प्रस्तुत गरेर बिछोडको पललाई रमाइलो बनाएका थिए । यस्तै, उनीहरूले विविध खेल खेलेर उपस्थित अरू विद्यार्थी तथा आगन्तुकलाई मनोरञ्जन दिलाए । साथै, स्काउटमा आबद्ध केही विद्यार्थीलाई धरान नगर स्काउट कमिटिका तालिम आयुक्त मधुसूदन घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए ।

शिक्षक र विद्यार्थीले मायाको चिनो साटासाट गरेर अनि तस्बिर खिचाएर बिदाइको पललाई स्मरणयोग्य बनाएका थिए । कार्यक्रमको अन्त्यतिर नेपाली शिक्षक रमेश पौडेलले आज बिदाइ हुँदै गरेका विद्यार्थीप्रति लक्षित कविता वाचन गरेर उपस्थित सबैलाई भावुक बनाएका थिए ।

साथै, विद्यार्थीले विद्यालय बसाइको अनुभव भावुक हुँदै सुनाएपछि उपस्थित सबै आगन्तुकका आँखा रसाएका थिए ।

धरान–१५ स्थित सयपत्री मार्गमा २०६३ सालमा स्थापना भएको च्याम्पियनले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर बालकक्षादेखि १० सम्म पठनपाठन गर्दै आएको छ । विद्यार्थीको व्यक्तिगत शिक्षण सिकाइलाई तिखार्दै शान्त र पारिवारिक वातावरणमा पढाइ हुने भइरहेको छ ।

च्याम्पियनमा दक्ष, अनुभवी र सिर्जनशील शिक्षक–शिक्षिकाले व्यवहारिक र प्रयोगात्मक शैली अपनाएर पठन पाठन गर्दै आएका कारण पनि च्याम्पियनप्रति आकर्षण बढेको छ ।

प्रकाशित समय: शनिवार १० चैत, २०८०, १९:०९:२६

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०