च्याम्पियनको बिदाइ कार्यक्रममा भावुक बने शिक्षक–विद्यार्थी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० चैत, २०८०
१ वर्षअघि

धरान । धरान उपमहानगरपालिका–१५ स्थित च्याम्पियन सेकेन्डरी स्कुलले १० कक्षामा पढ्ने पाँचौं ब्याचका विद्यार्थीलाई बिदाइ गरेको छ । शनिबार स्कुल प्रांगणमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गरिरहेका मायाको चिनो र शुभकामनासहित स्कुलले बिदाइ गरेको हो । यही चैत १५ गतेदेखि २७ गतेसम्म हुने एसइइमा सहभागी हुन आँटेका विद्यार्थीहरूलाई च्याम्पियनको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले सांगीतिक कार्यक्रमको आयोजना गरी बिदाइ गरे ।

कार्यक्रममा स्कुलकी प्रिन्सिपल नाजु सुवेदी, सल्लाहकार दुर्गा सुवेदी, भाइस प्रिन्सिपल, ज्योत्सना लिम्बुलगायतले शुभकाना दिएका थिए । भावुक हुँदै उनीहरूले सानैदेखि माध्यमिक लेभलसम्म अध्यापन गराएको विद्यार्थी छुट्टिएर जाँदा दुःख लागेको बताए ।

तथापि, उच्च शिक्षाको खुट्किलो मानिने एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर स्कुलको नाम राख्न विद्यार्थी सफल हुनेमा आफूहरू विश्वस्त रहेको उनीहरूले सुनाए ।

कार्यक्रमको उपलक्ष्यमा कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षक–शिक्षिकाले गायन तथा नृत्य प्रस्तुत गरेर बिछोडको पललाई रमाइलो बनाएका थिए । यस्तै, उनीहरूले विविध खेल खेलेर उपस्थित अरू विद्यार्थी तथा आगन्तुकलाई मनोरञ्जन दिलाए । साथै, स्काउटमा आबद्ध केही विद्यार्थीलाई धरान नगर स्काउट कमिटिका तालिम आयुक्त मधुसूदन घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए ।

शिक्षक र विद्यार्थीले मायाको चिनो साटासाट गरेर अनि तस्बिर खिचाएर बिदाइको पललाई स्मरणयोग्य बनाएका थिए । कार्यक्रमको अन्त्यतिर नेपाली शिक्षक रमेश पौडेलले आज बिदाइ हुँदै गरेका विद्यार्थीप्रति लक्षित कविता वाचन गरेर उपस्थित सबैलाई भावुक बनाएका थिए ।

साथै, विद्यार्थीले विद्यालय बसाइको अनुभव भावुक हुँदै सुनाएपछि उपस्थित सबै आगन्तुकका आँखा रसाएका थिए ।

धरान–१५ स्थित सयपत्री मार्गमा २०६३ सालमा स्थापना भएको च्याम्पियनले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर बालकक्षादेखि १० सम्म पठनपाठन गर्दै आएको छ । विद्यार्थीको व्यक्तिगत शिक्षण सिकाइलाई तिखार्दै शान्त र पारिवारिक वातावरणमा पढाइ हुने भइरहेको छ ।

च्याम्पियनमा दक्ष, अनुभवी र सिर्जनशील शिक्षक–शिक्षिकाले व्यवहारिक र प्रयोगात्मक शैली अपनाएर पठन पाठन गर्दै आएका कारण पनि च्याम्पियनप्रति आकर्षण बढेको छ ।

प्रकाशित समय: शनिवार १० चैत, २०८०, १९:०९:२६
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०