शिक्षादीपको बिदाइ कार्यक्रम : पाँच विद्यार्थीलाई ‘रिफन्ड ब्यालेन्स’, ५० लाखको छात्रवृत्ति

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ चैत, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–९ स्थित शिक्षादीप कलेजले कक्षा १२ का १५औं ब्याचका विद्याथीलाई बिदाइ गरेको छ ।

शुक्रबार विराटनगरको सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी शिक्षादीपले कक्षा १२ को विज्ञान संकायमा पढ्ने विद्यार्थीलाई बिदाइ गरेको हो ।

Advertisement

बिदाइ कार्यक्रमको अवसर पारेर कलेजले पाँच जना विद्यार्थीलाई ‘रिफन्ड ब्यालेन्स’ प्रदान गरेको थियो ।

अध्ययनमा गरेको उत्कृष्टताका आधारमा विभाकुमारी नायक, प्रशान्त कार्की, वेदिका साह, आयूषकुमार गुप्तालगायत पाँच जना विद्यार्थीलाई रिफन्ड ब्यालेन्स प्रदान गरिएको कलेजले जनाएको छ ।

पढाइ र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका उनीहरुले तिरेको कलेज शुल्कबाट ३२, ५०० सम्मको रकम फिर्ता गरिएको बताइएको छ ।

कार्यक्रमको अवसरमा टेकस्पायर कलेजले शिक्षादीपका विद्यार्थीका लागि ५० लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।

टेकस्पायर कलेजका प्रिन्सिपल तथा बोर्ड हिमालयका सिइओ स्मरण दवाडीले शिक्षादीपका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा केही विद्यार्थीहरुले शीक्षादीपमा रहँदाको आफ्नो अनुभव र धारणा यसरी प्रस्तुत गरे ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुमध्ये गोलाप्रथाबाट छानिएका पाँच जनालाई कोशी प्रदेशसभा सदस्य तथा शिक्षादीपका अध्यक्ष भीम पराजुलीले पुरस्कृत गर्दै उपहार दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गरे ।

कक्षा १२ पछि नै जीवनको वास्तविक परीक्षा सुरु हुने भएकाले मेहनतमा कमी आउन नदिन उनले सुझाव दिए ।

कोशी प्रदेशभित्र कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको रुपमा चिनिएको शिक्षादीपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस कलेजमा अध्ययन गर्ने विद्यार्थी प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङतर्फ छात्रवृत्तिमा नाम निकाल्न सफल छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
७ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०