शिक्षादीपको बिदाइ कार्यक्रम : पाँच विद्यार्थीलाई ‘रिफन्ड ब्यालेन्स’, ५० लाखको छात्रवृत्ति

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ चैत, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–९ स्थित शिक्षादीप कलेजले कक्षा १२ का १५औं ब्याचका विद्याथीलाई बिदाइ गरेको छ ।

शुक्रबार विराटनगरको सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी शिक्षादीपले कक्षा १२ को विज्ञान संकायमा पढ्ने विद्यार्थीलाई बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रमको अवसर पारेर कलेजले पाँच जना विद्यार्थीलाई ‘रिफन्ड ब्यालेन्स’ प्रदान गरेको थियो ।

अध्ययनमा गरेको उत्कृष्टताका आधारमा विभाकुमारी नायक, प्रशान्त कार्की, वेदिका साह, आयूषकुमार गुप्तालगायत पाँच जना विद्यार्थीलाई रिफन्ड ब्यालेन्स प्रदान गरिएको कलेजले जनाएको छ ।

पढाइ र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका उनीहरुले तिरेको कलेज शुल्कबाट ३२, ५०० सम्मको रकम फिर्ता गरिएको बताइएको छ ।

कार्यक्रमको अवसरमा टेकस्पायर कलेजले शिक्षादीपका विद्यार्थीका लागि ५० लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।

टेकस्पायर कलेजका प्रिन्सिपल तथा बोर्ड हिमालयका सिइओ स्मरण दवाडीले शिक्षादीपका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा केही विद्यार्थीहरुले शीक्षादीपमा रहँदाको आफ्नो अनुभव र धारणा यसरी प्रस्तुत गरे ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुमध्ये गोलाप्रथाबाट छानिएका पाँच जनालाई कोशी प्रदेशसभा सदस्य तथा शिक्षादीपका अध्यक्ष भीम पराजुलीले पुरस्कृत गर्दै उपहार दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गरे ।

कक्षा १२ पछि नै जीवनको वास्तविक परीक्षा सुरु हुने भएकाले मेहनतमा कमी आउन नदिन उनले सुझाव दिए ।

कोशी प्रदेशभित्र कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको रुपमा चिनिएको शिक्षादीपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस कलेजमा अध्ययन गर्ने विद्यार्थी प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङतर्फ छात्रवृत्तिमा नाम निकाल्न सफल छन् ।

प्रकाशित समय: शुक्रबार ९ चैत, २०८०, १७:०४:१३

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०