विराटनगर । इलामको सूर्योदय नगरपालिकाले रक्सी-चुरोट नियन्त्रण गर्ने अभियान थालेको छ ।
नगरपालिकाले लागुऔषध दुर्व्यसनी, मदिरा तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी सचेतना अभियान थालेको हो ।
नगर क्षेत्रमा सुर्तीजन्य र मदिरा नियन्त्रणका लागि कानुन निर्माण नगरेपछि त्यसको कार्यान्वयनका लागि सचेतना अभियान थालिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरमा मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न १४ औँ नगर सभाले ऐन नै पास गरेको जानकारी दिँदै उक्त ऐन कार्यान्वयन हुँदै जाने बताए ।
उनले स्थानीय मदिरा उत्पादन, प्रयोग र बिक्री वितरणसँगै बजारमा पाइने मदिराको बिक्री वितरण प्रयोगसम्बन्धी ऐन निर्माण गरी नगर सभाले पास गरिसकेको जानकारी दिए ।
नगरमा मदिरा बेच्ने पसलले अनिवार्य सूचीकृत हुनुपर्ने ऐनमा उल्लेख छ । साथै नगरले मदिरा बिक्री गर्ने स्थान, समय तोकेको छ । ऐन लागु भएपछि उक्त ऐनअनुसार हुने नगरले जनाएको छ ।