विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकामा मोटरसाइकल र अटो एक-आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
बुधबार राति १०ः२० बजेतिर देवानगन्ज-५ साहेवगन्जस्थित भित्री सडकखण्ड यादवटोलमा भएको दुर्घटनामा स्थानीय ३० वर्षीय प्रमोद मण्डल र ३७ वर्षीय अरुण यादव घाइते भएका हुन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र०१-००२-००३ ह ५० नम्बरको अटो र विपरीत दिशातर्फबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाइक एक आपसमा ठोक्किएका थिए ।
जसमा मोटरसाइकल चालक प्रमोदको दाहिने घुँडाको पाङग्रा फुटेको छ भने सोही मोटरसाइकलमा पछाडि सवार अरुणको अनुहारमा चोट लागेको छ ।
उनीहरूको विराटनगरस्थित नोबेल स्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, साहेबगन्जले अटो र अटो चालक देवानगन्ज-५ कै ३७ वर्षीय महानन्द साहलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल घाइतेको घरमै रहेको भन्ने बुझिएपछि प्रहरीले मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
सवारीसाधानका कागजपत्र र मादक पदार्थ सेवन गरे-नगरेको भन्ने नखुले पनि चालकको सडकमा ध्यान केन्द्रित नभएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।