देवानगन्ज : कुदिरहेका मोटरसाइकल र अटो चालकको ध्यान सडकमा नहुँदा…

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ चैत, २०८०
२ वर्षअघि

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकामा मोटरसाइकल र अटो एक-आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

बुधबार राति १०ः२० बजेतिर देवानगन्ज-५ साहेवगन्जस्थित भित्री सडकखण्ड यादवटोलमा भएको दुर्घटनामा स्थानीय ३० वर्षीय प्रमोद मण्डल र ३७ वर्षीय अरुण यादव घाइते भएका हुन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र०१-००२-००३ ह ५० नम्बरको अटो र विपरीत दिशातर्फबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाइक एक आपसमा ठोक्किएका थिए ।

जसमा मोटरसाइकल चालक प्रमोदको दाहिने घुँडाको पाङग्रा फुटेको छ भने सोही मोटरसाइकलमा पछाडि सवार अरुणको अनुहारमा चोट लागेको छ ।

उनीहरूको विराटनगरस्थित नोबेल स्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, साहेबगन्जले अटो र अटो चालक देवानगन्ज-५ कै ३७ वर्षीय महानन्द साहलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल घाइतेको घरमै रहेको भन्ने बुझिएपछि प्रहरीले मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

सवारीसाधानका कागजपत्र र मादक पदार्थ सेवन गरे-नगरेको भन्ने नखुले पनि चालकको सडकमा ध्यान केन्द्रित नभएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शुक्रबार ९ चैत, २०८०, ०६:५६:४१

सम्बन्धित खबर

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०