दूध बोक्ने गाडीले ठक्कर दिँदा ग्रामथानका हुवालाल माझीको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ चैत, २०८०
९ महिनाअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा दूध बोक्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान-३ का ५६ वर्षीय हुवालाल माझी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ८ बजेतिर को. २ च २१७ नम्बरको दूध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिएको थियो ।

ग्रामथान-५ मसान चोकस्थित घिनाघाट सडकमा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा साइकलमा सवार रहेका माझी घाइते भएका थिए ।

घाइते माझीलाई उपचारको लागि आर्या न्युरो अस्पताल, विराटनगर ल्याइएकोमा उनको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको थियो ।

घटनामा संलग्न ठक्कर दिने पिकअप र पिकअप चालक विराटनगर महानगरपालिका-१ का ३९ वर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय: बिहिबार ८ चैत, २०८०, १८:३७:५७
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०