विराटनगर : सडकको बीचमा एक्कासि सिटी सफारीलाई देखेपछि पल्टियो मारुती भ्यान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ चैत, २०८०
३ वर्षअघि
फाइल तस्बिर

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१४ स्थित कोशी राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा ६ जना घाइते भएका छन् ।

हिजो दिउँसो ३ः३५ बजेतिर विराटनगर-१४ बागमती प्लास्टिक फ्याक्ट्रीछेउ पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको को २ त ७४१९ नम्बरको ट्याक्टरलाई देखेर रानीतर्फ आउँदै प्रदेश १-२-००४ ह २१९६ नम्बरको सिटी सफारी रोकिएको थियो ।

Advertisement

रोकिरहेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको को १ च ३००६ नम्बरको मारुती भ्यान उक्त सिटी सफारीलाई देखेर
अनियन्त्रित भई बाटोमा नै पल्टिएको थियो ।

पल्टिएको भ्यानले सिटी सफारी समेतलाई ठक्कर दिएको थियो, जसमा घाइते बनेका ६ जनालाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका सिटी सफारी चालक विराटनगर-११ का ३२ वर्षीय अमित साहलाई विराट
नर्सिङ होम पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, मारुती भ्यानमा सवार भारतको बिहार बस्ने २५ वर्षीय सुमित कुमार, ५० वर्षीय मोहमद एकरण, ३० वर्षीया फुलन्देवी, ४० वर्षीय सह देवी र ५० वर्षीय सूर्यनारायण शर्माको भने कोशी अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार बनेका मारुती भ्यान चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मारुती भ्यान, सिटी सफारी, ट्याक्टर र ट्याक्टर चालक बूढीगंगा गाउँपालिका-५ का ५१ वर्षीय राजकुमार सरदार सिआरभी जतुवाको नियन्त्रणमा रहेका छन् ।

उनीहरूको सवारी चालक अनुमित पत्र पनि साथमा नरहेको प्रहरीले जनाएको छ ।

मारुती भ्यान चालकको लापरबाहीले दुर्घटना निम्तिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०