बर्जुमा भीषण आगलागी, २७ घर जले

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ चैत, २०८०
२ महिनाअघि

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-४ स्थित जयनगर टोलमा आइतबार दिउँसो भएको आगलागीमा २७ घर जलेका छन् ।

जयनगरस्थित मुस्लिम टोलमा ३ः१५ बजेतिर स्थानीय विष्णुदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो ।

आगलागीबाट बस्तीका अधिकांश घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

एकैठाउँमा घरहरू टाँसिएका कारण वस्तीभरी आगो फैलिएको बर्जु ४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले जानकारी दिए ।

आगलागी भएका अधिकांश घर फुसका थिए ।

आगलागीबाट कतिपय पशुचौपाया पनि मरेको जनाइएको छ ।

यस्तै आगलागीमा परेका घरमा रहेका सबै धनमाल जलेको प्रहरीले जनाएको छ ।

आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

आगलागी पीडितहरूलाई गाउँपालिकाको पहलमा टेन्टको व्यवस्थापन गर्ने कार्य भइरहेको छ भने तत्कालको लागि खाद्यान्न वितरण गर्ने वडाध्यक्ष गुरुङले बताए ।

प्रकाशित समय: आईतबार ४ चैत, २०८०, १९:१८:२५

सम्बन्धित खबर

गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा

शनिवार ५ जेठ, २०८१
२ घण्टाअघि

लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ

शुक्रबार ४ जेठ, २०८१
१ दिनअघि

कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते

शुक्रबार ४ जेठ, २०८१
२ दिनअघि

कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने

बिहिबार ३ जेठ, २०८१
२ दिनअघि

कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस

बिहिबार ३ जेठ, २०८१
२ दिनअघि

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते

बिहिबार ३ जेठ, २०८१
३ दिनअघि
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०