६ सय किलो गाँजा बरामद गर्ने र पथरी घटनाका अभियुक्त पक्राउ गर्ने दुई प्रहरी सर्वोत्कृष्ट

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ चैत, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले दुई प्रहरीलाई फागुन महिनाको सर्वोत्कृष्ट घोषणा गरेको छ ।

यसरी उत्कृष्ट हुनेमा प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना र प्रहरी सहायक निरीक्षक किशोर भट्टराई रहेका छन् ।

इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीमा कार्यरत तिमल्सिनाले फागुन महिनामा प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको गाडीसहित चार सय ६ किलो ९४० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेका थिए ।

यस्तै, उनले को १ च २९३७ नम्बरको एम्बुलेन्समा २७३ किलो गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गरेका थिए ।

सप्तकोशीको बाढी नियन्त्रण गर्न लगाइएको ५२ थान पर्क्युपाइन (त्रिखुट्टी) पिलर चोरी गर्ने चार जना मानिस पक्राउ गरेको तिमल्सिनाले युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने बराहक्षेत्र नगरपालिका-२ बस्ने सुनील सिटौलालाई पक्राउ गरेका थिए ।

यसैगरी, उनले बहु-बिवाह मुद्दामा फरार बराहक्षेत्र-८ बस्ने दुई जना प्रतिवादी पक्राउ गरेका थिए ।

फागुन महिनामै उत्कृष्ट घोषित् भट्टराई इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत छन् ।

उनी गत फागुन २१ गते राति पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलीमा १५ वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए ।

सो घटनाको अनुसन्धानमा एसओसिओका रूपमा खटिएका भट्टराईले घटनास्थलको सुक्ष्म अनुसन्धान गरी शंकित व्यक्तिको फुटप्रिन्ट सुरक्षित तरिकाले संकलन गरी सोही फुटप्रिन्टको आधारमा अभियुक्त पक्राउ गरेका थिए ।

त्यसबेला प्रहरीले ग्रामथान गाउँपालिका-४ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका-२ बस्ने ३८ वर्ष ३८ को धीरेनकुमार खाँ चौधरीलाई पक्राउ गरेको थियो ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको डिआइजी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

प्रकाशित समय: आईतबार ४ चैत, २०८०, १७:४१:०४

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०