गिरी फाउन्डेसनको शिविरमा ७० प्रहरीले गराए स्वास्थ्य जाँच

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३ चैत, २०८०
३ वर्षअघि

विराटनगर । पछिल्लो समय समाज सेवामा तल्लीन रहेका अभिषेक गिरीद्वारा स्थापित गिरी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरमा ७० जना प्रहरीले स्वास्थ्य जाँच गराएका छन् ।

फाउन्डेसनले पारस मल्टिस्पेसियालिटी हस्पिटलको समन्वयमा शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रांगणमा शिविरको आयोजना गरेको थियो ।

Advertisement

जसमा ७० प्रहरीले स्वास्थ्य जाँच गराएर निःशुल्क रूपमा औषधी लिएको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले जानकारी दिए ।

विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै आयोजना हुँदै आएको शिविरमा यसपटक जनताको सेवामा अनवरत रूपमा तल्लीन रहने प्रहरीलाई समेटिएको गिरीको भनाइ छ ।

‘आफ्नो स्वास्थ्यको ख्याल नराखी, घाम-पानी नभनी खट्ने प्रहरीका लागि शिविरको आयोजना गरेका हौं,’ उनले भने, ‘चेकजाँच गरी औषधी वितरण गर्‍यौं । डाक्टरहरूले केही बिरामीलाई थप उपचारका लागि अस्पताल जान सुझाउनु भएको छ ।’

फाउन्डेसनले प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइरहेको छ । हाल विराटनगरका १९ वटै वडामा र विस्तारै अरू पालिकामा पनि शिविर गर्ने योजना रहको गिरीले बताए ।

विपन्न वर्गका बिरामीले स्वास्थ्योपचार नपाइरहेको परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य शिविर चलाइएको उनको भनाइ छ ।

पारस हस्पिटलका वरिष्ठ कन्सल्ट्यान्ट जनरल एवम् ल्याप्रोस्कोपी सर्जन डा. रफिउर रहमानले शिविरमा स्वास्थ्य जाँच गराउनेहरू सामान्य बिरामी रहेको सुनाए ।

उनले भने, ‘यहाँ जचाउनेमध्ये किड्नी र पित्तथैलीमा पत्थरी, पाइल्सलगायत समस्या मैले देखेँ । पर्याप्त एक्सरसाइज हुँदा पनि पानी कम पिउने बानीका कारण पनि स्वास्थ्य समस्या निम्तिएको देखियो ।’

पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न थालिएको बताए ।

शिविर गर्ने स्थानदेखि स्वास्थ्य सामग्रीसम्ममा लाग्ने खर्च व्यवस्थापनसम्म फाउन्डेसनले गर्ने र चेकजाँच अस्पतालले गर्दै आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०