गाँजा खाएर लठ्ठ भएका नातिले गरे हजुरआमाको हत्या, गाड्न सघाउने साथी पनि समातिए

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २ चैत, २०८०
३ वर्षअघि

विराटनगर । झापामा हजुरआमाको हत्या गरेको अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् ।

झापाको गौरादह नगरपालिका-७ योगिटारकी ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा नातिसहित स्थानीय चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

नरमाया फागुन २६ गतेदेखि घरैबाट अचानक हराइरहेकी थिइन् । वृद्धाको खोजतलास गर्ने क्रममा चार दिनपछि आफ्नै घरपछाडि रहेको ग्वालीमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको थियो ।

फागुन ३० गते शव फेला परेसँगै घटनाबारे सुक्ष्म अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरीगन्जको प्रहरी टोलीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतककै नाति १८ वर्षीय धीरज विश्वकर्मा र स्थानीय १८ वर्षीय राजु मल्लिक रहेका छन् ।

धीरजका अरू साथीहरू टंक दर्नाल र बहादुर दर्जीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।

टंक र बहादुर भने भने १८ वर्षभन्दा मुनिका रहेका छन् ।

उनीहरूलाई फागुन ३० गते नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजा खाई लट्ठ भएका धीरजले फागुन २६ गते राति २ बजेतिर हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडि प्रहार गरेका थिए ।

रड प्रहारबाट वृद्धाको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

हजुरआमाको मृत्यु भएपश्चात आफ्नो साथी राजु मल्लिकको समेत सहयोगमा घरनजिकै रहेको ग्वालीमा खाल्डो खनेर गाडेको खुलेको छ ।

आफ्नै हजुरआमाले लगाएको गरगहना र वृद्धभत्ता हात पार्नका लागि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीका अनुसार शिवरात्रिको दिन लागुऔषध सेवन गरेर हजुर आमासँग पैसा मागेका थिए ।

तर, नरमायाले दिन नमानेपछि विवाद हुँदा रडले टाउकोमा हानेर वृद्ध हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०