पैसा दिँदै नागरिकताको फोटोकपी माग्थे, अनुसन्धान गर्दा संगठित गिरोहका नाइके निस्किए

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । मोरङ प्रहरीले व्यक्तिगत पहिचानको अनाधिकृत प्रयोगबाट ठगी गर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशका दुई जना र एक नेपाली रहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार बंगलादेश पल्लाबी ढाका बस्ने ४९ वर्षीय महमद महबुर हुसेन र बंगलादेशकै सीतागन्ज बस्ने ३७ वर्षीय महमद तानबिर हुसेन रहेका छन् ।

सोही आरोपमा काठमाडौंको नयाँबजार बस्ने २३ वर्षीया सुनिता खत्रीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरका स्थानीय व्यक्तिहरूलाई ठगेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूले नि:स्वार्थ आर्थिक सहयोग गर्ने र आफू परोपकारी संस्था डब्लुबिएससी कम्पनीबाट आएको भन्ने प्रलोभनमा पारी ३० जनाभन्दा बढी ब्यक्तिहरूलाई जनही एक हजार र एक हजार पाँच सयका दरले रकम दिने गरेका थिए ।

त्यसबापत उनीहरूले सम्बन्धित स्थानीय व्यक्तिहरूको नागरिकताको प्रतिलिपि र फोटो लिने गरेका थिए ।

यस प्रकारको गैह्र कानूनी क्रियाकलापसम्बन्धी सूचना प्रहरीलाई प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुनितालाई नियन्त्रणमा लिएको थियो ।

मंगलबार दिउँसोतिर सुनितालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले बंगलादेशका दुई नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरू व्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र प्राप्त गरी सोको दुरूपयोग गर्दै अनधिकृत रूपमा इसेवा, खल्तीलगायतका डिजिटल वालेटहरूको खाता खोल्ने र अनलाइन माध्यमबाट ठगी गर्ने कार्यमा संलग्न अन्तरदेशीय संगठित गिरोहका नाइके रहेको प्रहरीको दाबी छ ।

उनीहरूउपर मोरङ जिल्ला अदालतबाट ठगी उद्योग कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १५ थान सिमकार्ड, सुनिता खत्री र तानबिर मियाँ दर्जीको नाममा रहेको राहदानी दुई थान बरामद भएको छ ।

साथै, तानबिर मियाँ दर्जी नामको नेपाली नागरिकता एक थान, नगद पाँच हजार रुपैयाँ, एटिएम कार्ड र विभिन्न कम्पनीका चार थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बुधबार ३० फाल्गुण, २०८०, २१:०८:०१

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०