पैसा दिँदै नागरिकताको फोटोकपी माग्थे, अनुसन्धान गर्दा संगठित गिरोहका नाइके निस्किए

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० फाल्गुण, २०८०
१ वर्षअघि

विराटनगर । मोरङ प्रहरीले व्यक्तिगत पहिचानको अनाधिकृत प्रयोगबाट ठगी गर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशका दुई जना र एक नेपाली रहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार बंगलादेश पल्लाबी ढाका बस्ने ४९ वर्षीय महमद महबुर हुसेन र बंगलादेशकै सीतागन्ज बस्ने ३७ वर्षीय महमद तानबिर हुसेन रहेका छन् ।

सोही आरोपमा काठमाडौंको नयाँबजार बस्ने २३ वर्षीया सुनिता खत्रीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरका स्थानीय व्यक्तिहरूलाई ठगेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूले नि:स्वार्थ आर्थिक सहयोग गर्ने र आफू परोपकारी संस्था डब्लुबिएससी कम्पनीबाट आएको भन्ने प्रलोभनमा पारी ३० जनाभन्दा बढी ब्यक्तिहरूलाई जनही एक हजार र एक हजार पाँच सयका दरले रकम दिने गरेका थिए ।

त्यसबापत उनीहरूले सम्बन्धित स्थानीय व्यक्तिहरूको नागरिकताको प्रतिलिपि र फोटो लिने गरेका थिए ।

यस प्रकारको गैह्र कानूनी क्रियाकलापसम्बन्धी सूचना प्रहरीलाई प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुनितालाई नियन्त्रणमा लिएको थियो ।

मंगलबार दिउँसोतिर सुनितालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले बंगलादेशका दुई नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरू व्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र प्राप्त गरी सोको दुरूपयोग गर्दै अनधिकृत रूपमा इसेवा, खल्तीलगायतका डिजिटल वालेटहरूको खाता खोल्ने र अनलाइन माध्यमबाट ठगी गर्ने कार्यमा संलग्न अन्तरदेशीय संगठित गिरोहका नाइके रहेको प्रहरीको दाबी छ ।

उनीहरूउपर मोरङ जिल्ला अदालतबाट ठगी उद्योग कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १५ थान सिमकार्ड, सुनिता खत्री र तानबिर मियाँ दर्जीको नाममा रहेको राहदानी दुई थान बरामद भएको छ ।

साथै, तानबिर मियाँ दर्जी नामको नेपाली नागरिकता एक थान, नगद पाँच हजार रुपैयाँ, एटिएम कार्ड र विभिन्न कम्पनीका चार थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बुधबार ३० फाल्गुण, २०८०, २१:०८:०१

सम्बन्धित खबर

कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै

बुधबार ५ चैत, २०८१
२० घण्टाअघि

राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?

बुधबार ५ चैत, २०८१
२१ घण्टाअघि

चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !

बुधबार ५ चैत, २०८१
१ दिनअघि

पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै

बुधबार ५ चैत, २०८१
१ दिनअघि

रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०