सुन्दरहरैंचामा दुईवटा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने रंगेलीका कार चालक समातिए

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचामा सोमबार कारले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

हिजो अपराह्न ४ः४० बजेतिर सुन्दरहरैचा नगरपालिका-७ चिउरामिलस्थित पूर्व-पश्चिम राजमार्गमा कारले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

बेलबारीबाट इटहरीतर्फ जाँदै गरेको बा १२ च ६७६ नम्बरको सेतो कारले विपरीत दिशातर्फ आउँदै गरेको को ६ प ६३७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित बनेको कारले सोही दिशातर्फ जाँदै गरेको को २९ प ५२२४ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो ।

सो दुर्घटनामा ६३७७ नम्बरका चालक सुन्दरहरैंचा-८ का ३१ वर्षीय आशीष दासको हात खुट्टामा चोट लागेको थियो । उनी अहिले स्थानीय मेडिकलमा उपचाररत छन् ।

यस्तै, ५२२४ नम्बरका चालक बूढीगंगा गाउँपालिका-५ का ३० वर्षीय अशोक मेहताको टाउको र हात-खुट्टामा चोट लागेको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार सप्तरीको भारदह बस्ने ३१ वर्षीय महेश मेहताको हात-खुट्टामा चोट लागेको छ ।

सामान्य घाइते रहेका उनीहरूलाई उपचारको लागि विराट टिचिङ अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनापछि भाग्दै गरेका कार चालक रंगेली नगरपालिका-१ का २१ वर्षीय युवराज बिकलाई इलाका प्रहरी कार्यालय, रंगेलीको टोलीले नियन्त्रणमा लिएको छ ।

विकले चलाएको कारसहित उनी रंगेलीमा राखेर प्रहरीले अनुसन्धान थालेको छ ।

दुर्घटनामा परेका मोटरसाइकल भने इलाका प्रहरी कार्यालय, गछियाको नियन्त्रणमा छन् ।

कार चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०