रवि लामिछानेले प्रहरीलाई भने : पद-प्रतिष्ठा होइन प्रमाण हेरेर कारबाही गर्नुहोस्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ फाल्गुण, २०८०
११ महिनाअघि

विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेपछि लामिछानेले कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदैगर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले नभएर प्रमाणले गर्नुपर्ने बताए ।

‘कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस्,’ उनले भने ।

‘तस्कर, गुन्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्न नपरोस्,’ उनले थपे, ‘प्रहरी संगठनका विद्यमान समस्या समाधानमा इमान्दार प्रयास गर्ने छु ।’

लामिछानेले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्था रहको बताए ।

‘कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ । त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, म गर्नेछु’ उनले भने ।

‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् । अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस्,’ उनले भने ।

प्रकाशित समय: आईतबार २७ फाल्गुण, २०८०, २१:१६:३०

सम्बन्धित खबर

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा

शुक्रबार ११ माघ, २०८१
६ घण्टाअघि

बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार

शुक्रबार ११ माघ, २०८१
९ घण्टाअघि

विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते

शुक्रबार ११ माघ, २०८१
१२ घण्टाअघि

पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल

बिहिबार १० माघ, २०८१
१ दिनअघि

हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी

बिहिबार १० माघ, २०८१
१ दिनअघि

नेकपा एस छोडेर कांग्रेसमै फर्किए हंसराज वाग्ले

बिहिबार १० माघ, २०८१
१ दिनअघि
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०