शनिबार साँझ ग्रामथानमा दुई दुर्घटना : तीन घाइतेमध्ये एक बालकको अवस्था गम्भीर

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ फाल्गुण, २०८०
३ वर्षअघि
default

विराटनगर । शनिबार साँझ मोरङको ग्रामथान गाउँपालिकाको दुई भिन्नाभिन्नै स्थानमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था सामान्य रहे पनि एक बालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Advertisement

हिजो साँझ ५ः१० बजेतिर ग्रामथान-२ भृकुटी चोकस्थित घिनाघाट पक्की सडकखण्डमा हरैंचाबाट विराटनगरतर्फ आउँदै गरेको को २० प ६८९८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१०
का अन्दाजी ६५ वर्षीय हेमराज तामाङको बाँया हातमा चोट लागेको थियो ।

मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती अन्दाजी ५० वर्षीया राधा थापाको अनुहार, दाहिने हात, खुट्टामा चोट लागेको थियो ।

दुवै जनालाई उपचारको लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी झोराहाटको नियन्त्रणमा छ । तीव्र गतिमा मोटरसाइकल कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यस्तै, हिजो ५ः५० बजेतिर घिनाघाट सडकखण्डअन्तर्गत ग्रामथान-७ दीक्षा होटेलनजिक अर्को दुर्घटना भएको थियो ।

सोही सडकखण्ड भएर  विराटनगरबाट हरैंचातर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकलले
पैदल यात्री अन्दाजी सात वर्षीय बालकलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट ग्रामथान-७ कै मातृका परियारको छोरा अर्पण परियार गम्भीर घाइते भएका छन् ।

उनको दाहिने खुट्टा र टाउकोको पछाडि भागमा चोट लागेको छ ।

दुर्घटनालगत्तै उनलाई कोशी अस्पताल, विराटनगर पठाएको छ । उनको हाल उपचार भइरहेको छ ।

दुर्घटनापछि मोटरसाइकल लिएरै चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको देखिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०