कोशी प्रदेशमा वन नियमावली पारित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेश वन नियमावली २०८० पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिषरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिषरिषद् बैठकले वन नियमावली पारित गरेको हो ।

कोशी पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माण गरी प्रदेशसभासमक्ष पठाएको उक्त नियमावली प्रदेशसभाले तयार पारी मुख्यमन्त्री कार्यालय पठाएको थियो ।

सो नियमावली लामो समयपछि बुधबार पास भएको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न चाहिने नियमावली पारित भएसँगै अब ऐन कार्यान्वयनमा परेको बाधा फुक्ने सचिव घिमिरेले बताए ।

‘तीन वर्षअगाडि नै ऐन आएको थियो, तत्कार नियमावली बन्नुपर्थ्यो तर बन्न सकेन । नियमावली पारित नहुँदा वन ऐन कार्यान्वयनमा बाधा परेको थियो,’ उनले भने, ‘अब प्रदेशअनुकूल बनेको ऐन कार्यान्वयन गर्न सक्ने व्यवस्था तय भएको छ । संघीय वन, नियमावलीमा अस्पष्ट भएकोले गर्दा यो नियमावलीमा सबै विषय समावेश गरेका छौं ।’

संघीय ऐन नियममा भएका अस्पष्टतालाई संशोधन गरी नियमावली बनाइएको उनले बताए ।

उनले वैज्ञानिक वन कार्यविधि खारेजीपछिको समस्या, नदीजन्य पदार्थको व्यवस्थापन, ढलापडा काठ दाउरा व्यवस्थापन तथा पुराना घरको काठ स्थानान्तरणलगायत सबै विषयलाई समेटेर नियमावली बनाइएको जानकारी दिए ।

यो नियमावलीमा वन व्यवस्थापन गर्दा लोपोन्मुख वनस्पतिको संरक्षण तथा जंगली हात्ती, कस्तुरी, हिउँ चितुवा, हाब्रेलगायतका वन्यजन्तुको जैविक मार्गको संरक्षण र विकासको लागि कार्ययोजनामा विशेष व्यवस्था गर्नु पर्ने विषय समावेश गरिएको छ ।

त्यसबाहेक वनको व्यवस्थापन गर्दा वनको अवस्थाअनुसार वनको दीगो व्यवस्थापनको लागि उपयुक्त वन संवर्द्धन प्रणाली (सिल्भिकल्चर सिस्टम) अपनाउनु पर्ने विषय समेटिएको सचिव घिमिरे जनाए ।

त्यसबाहेक डिभिजन वन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रको प्रदेशको राष्ट्रिय वनमा साझेदारीमा जडीबुटी
खेती गर्न चाहने व्यक्ति, फर्म, कम्पनी, सहकारी वा समुदायसँग सहकार्य गरी खेती गराउन सकिने र जोखिमयुक्त रुख हटाउने व्यवस्थालाई सहज बनाइएको उनको भनाइ छ ।

वनक्षेत्रबाट काठ, दाउराको छपान, कटान, संकलन तथा घाटगद्दी प्रत्येक वर्षको असोज १ गतेदेखि वैशाख मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने र त्यसमा एक महिना अवधि थप गर्न सकिने विषय नियमावलीमा समावेश  छ ।

यस्तै, नियमावलीमा गोलिया काठ खरिद गरी बिक्री-वितरण गर्दा खरिदकर्ता उद्योगले गोलिया काठ चिरान वा एक तह प्रशोधन गरेर मात्र बिक्री वितरण गर्नुपर्ने विषय पनि समटिएको छ ।

नरम प्रजातिका काठ, दाउरालाई सिजनिङ, उपचार, पार्केटिङ गरी बलियोपना बढाउने, मूल्य अभिवृद्धि गर्ने वा यस्तै प्रकारले वन पैदावारको उत्पादन विविधीकरण गर्ने उद्देश्यले स्थापित प्रदेशभित्रका उद्योगलाई प्रदेश सरकारले आवश्यक सहुलियतको व्यवस्था गर्न सक्ने विषय पनि नियमावलीमा समावेश गरिएको छ ।

प्रकाशित समय: शनिवार २६ फाल्गुण, २०८०, २१:४१:२०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०