ग्रेडेड स्कुलको वार्षिकोत्सव : विज्ञान र चित्रकला प्रदर्शनीदेखि गायन र नृत्य प्रस्तुतिसम्म

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले २९औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

Advertisement

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले उद्घाटन गरेको वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर विद्यार्थीहरूले विज्ञान र चित्रकला प्रदर्शनीदेखि गायन र नृत्य प्रस्तुतिसम्म राखेका थिए ।

विज्ञान र चित्रकला प्रर्दशनीका अलावा कार्यक्रममा विद्यार्थीहरूले तयार पारेको एक दर्जन बढी स्टल रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले फेसन सो, सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरी दिनभरि अभिभावक, अतिथि र सहभागिहरूलाई मनोरञ्जन प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरप्रमुख कोइरालाले विद्यार्थीको चौतर्फी विकासमा विद्यालयले ध्यान दिनुपर्ने बताए ।

स्कुलले गर्ने हरेक क्रियाकलापहरूले विद्यार्थीको विकासमा सहयोग पुग्ने उनले बताए । विज्ञान, चित्रकला र अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन मात्रै नगरेर चौतर्फी विकासमा ठुलो सहयोग पुग्ने उनको भनाइ थियो ।

‘अभिभावकहरूले आफ्ना नानी-बाबुहरूको रुचिअनुसार अगाडि बढन सहयोग गर्नुपर्दछ । उनीहरूको रुचिअनुसार अगाडि बढाउन सकियो भने एक दिन सफलता प्राप्त गर्नेछन्,’ प्रमुख कोइरालाले भने ।

कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष तथा ग्रडेड स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सीप र संस्कारयुक्त शिक्षा दिएर आफ्नो विद्यालय अगाडि बढेको बताए ।

कार्यक्रममा स्कुलका अध्यक्ष केशवलालसिंह सुवालले अहिलेको शिक्षा प्रविधियुक्त र रोजगारमुखी शिक्षा भएकोले विद्यालयले पनि यसमा जोड दिएर अगाडि बढेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमल, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०