हेरिटेजका विद्यार्थीलाई विदेशी प्रशिक्षकले दिए खेल प्रशिक्षण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलले आफ्ना विद्यार्थीलाई खेलकुद प्रशिक्षण दिएको छ ।

खेलकुदमा समानता भन्ने सन्देश दिने उद्देश्यका साथ मंगलबार स्कुलको मैदानमा विदेशी प्रशिक्षकले हेरिटेजका विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

Advertisement

कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरूलाई अस्ट्रेलिया र बेलायतबाट आएका क्रिकेट विथआउट बाउन्ड्रिजका स्वयमसेवक प्रशिक्षकले प्रशिक्षण दिएको स्कुलका प्रिन्सिपल सुशान्त बाँनियाले जानकारी दिए ।

नेपाल क्रिकेट फाउन्डेसनको समन्वयमा भएको प्रशिक्षणमा स्वयम्सेवक प्रशिक्षक रचना रामचन्दन, एच लाम्ब, काउप्रेडीलगायत चार जनाको टोलीले सिकाएको बानियाँको भनाइ छ ।

क्रिकेटप्रति उत्सुक रहेका हेरिटेजका विद्यार्थीले बलिङ, ब्याटिङ, फिल्डिङलगायतमा प्राविधिक ज्ञान आर्जन गर्ने मौका पाएका थिए ।

बालबालिकाको सिकाईलाई अझ तीक्ष्ण बनाउन तथा खेलकुदमा हुने लैंगिक विभेद अन्त्य गर्ने योजनाका साथ प्रशिक्षण गराइएको प्रिन्सिपल बानियाले बताए ।

हेरिटेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ ।

व्यवहारिक र प्रयोगात्मक सिकाइ प्रभावकारी हुने मान्यता राख्दै आएको हेरिटेजमा हालैमात्र बालअधिकार र बाल कर्तव्य अवगत गराउने उद्देश्यले बाल क्लब गठन भएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०