विराटनगर । मोरङको पथरीशनिश्चरे-७ लामाटोलीमा एक बालिकाको शव फेला परेको छ ।
सोमबार राति १०ः१५ बजेतिर लामाटोलीस्थित सुम्निमा होटलकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको शव फेला परेको हो ।
अज्ञात व्यक्तिले ज्ञानकुमारीको घाँटी छिनालिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय, पथरीले जनाएको छ ।
मृतक राईको शव घर र शौचालयको बीचमा रहेको प्रहरीले जनाएको छ ।
पथरीका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ ।
ज्ञानकुमारी एक वर्षदेखि नै मामाघर बस्दै आएकी थिइन् ।
हाल उनी पथरीशनिश्चरे-१ मा अवस्थित पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन् ।