विराटनगर । मोरङमा सशस्त्र प्रहरीका डिएसपी उपेन्द्र बस्याल सोमबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेका छन् ।
डीएसपी बस्याल धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख रहेका डिएसपी बस्याल मृत फेला परेका हुन् ।
कार्यालयभित्रै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
घटनाको अनुसन्धानका प्रहरी घटनास्थल पुगिसकेको जनाइएको छ ।
पाल्पा सदरमुकाम तानसेन घर भएका बस्याल पाँच महिनादेखि उक्त विओपीमा कार्यरत रहेका थिए ।
उनी १८ बर्षअघि आजैकै दिन सशस्त्र प्रहरी बल सेवामा प्रवेश गरेका थिए ।
बस्यालले आत्महत्या गरेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । एसपी तिमल्सिनाले अनुसन्धानपछि घटनाकाे वास्तविकता पत्ता लाग्ने बताए ।
सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन् ।