विराटनगर । उदयपुरको कटारी नगरपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
शुक्रबार अपराह्न ४:२० बजेतिर कटारी-७ मर्जेतपुर गोडडाँडास्थित भित्री सडकखण्डमा कटारीबाट थलियातर्फ जाँदै गरेको ना १ ज ८३३३ नम्बरको बोलेरो दुर्घटना भएको थियो ।
फेल भएको बोलेरो अचानक सडकबाट अन्दाजी १००/१५० मिटर तल झरी दुर्घटना हुँदा १५ जना घाइते भएका थिए ।
घाइते उनीहरूलाई उद्धार गरी उपचारको लागि कटारी अस्पताल पठाएकोमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चरिरहेका चौपाया जोगाउने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा परी सामान्य घाइते भएका चालक कटारी-८ सिरिसेका ३३ वर्षीय कर्मा सिंह तामाङ भने सम्पर्कविहीन रहेका छन् ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कटारी-८ का ७० वर्षीय वीरबहादुर तामाङ र सोही स्थानकी ३३ वर्षीया कुमारी तामङको मृत्यु भएको हो ।
यस्तै, कटारी-८ कि ३० वर्षीया गीता तामाङ, ६० वर्षीया ठगीमाया थापा, २३ वर्षीया अस्मिता मगर, ५५ वर्षीया रिकिमाया मगर, ६१ वर्षीय धनबहादुर मगर, २४ वर्षीया मनकुमारी मगर, ३५ वर्षीया भद्रीमाया मगर, ६० वर्षीया खड्कीमाया मगर, २८ वर्षीया तारा मगर घाइते बनेका छन् ।
यसैगरी, सोही स्थानका २८ वर्षीय दिपबहादुर तामाङ, कटारी-७ बिहीबारेकी २५ वर्षीया अस्मिता दनुवार, ४५ वर्षीय होमबहादुर मगर घाइते बनेका छन् ।
गम्भीर अवस्था रहेका उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।