बर्जुमा तीन जना सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्कियो, एकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६:५० बजेतिर बर्जु-६ बागेश्वरी मन्दिरस्थित भित्री पक्की हुलाकीमार्गमा चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को१०प ८३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

Advertisement

मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज गाउँपालिका-७ बस्ने राजिन्द्र उरावको छोरा २० वर्षीय जयकुमार उराव, पछाडि सवार २९ वर्षीय मनोजकुमार उराव र २२ वर्षीय निरज उराव घाइते भएका थिए ।

घाइतेमध्य निरजको अवस्था गम्भीर थियो । घाइते तीनै जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएकोमा निरजको उपचारका क्रममा बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरू दुई जना सोही अस्पतालमा उपचाररत रहेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय, चिमडीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलमा तीन जना चढेर तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०