बर्जुमा तीन जना सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्कियो, एकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
१ वर्षअघि

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६:५० बजेतिर बर्जु-६ बागेश्वरी मन्दिरस्थित भित्री पक्की हुलाकीमार्गमा चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को१०प ८३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज गाउँपालिका-७ बस्ने राजिन्द्र उरावको छोरा २० वर्षीय जयकुमार उराव, पछाडि सवार २९ वर्षीय मनोजकुमार उराव र २२ वर्षीय निरज उराव घाइते भएका थिए ।

घाइतेमध्य निरजको अवस्था गम्भीर थियो । घाइते तीनै जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएकोमा निरजको उपचारका क्रममा बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरू दुई जना सोही अस्पतालमा उपचाररत रहेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय, चिमडीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलमा तीन जना चढेर तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित समय: शनिवार १९ फाल्गुण, २०८०, ०७:४३:३६

सम्बन्धित खबर

कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै

बुधबार ५ चैत, २०८१
२० घण्टाअघि

राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?

बुधबार ५ चैत, २०८१
२० घण्टाअघि

चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !

बुधबार ५ चैत, २०८१
१ दिनअघि

पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै

बुधबार ५ चैत, २०८१
१ दिनअघि

रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०