उद्घाटन मोहले चर्कियो विवाद : तयारी नपुगेको भन्दै उद्घाटन कार्यक्रम स्थगन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित  कचना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम विवादित बनेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको विद्यालयको सो भवन कसले उद्घाटन गर्ने भन्ने विवाद चर्किँदा उद्घाटन कार्यक्रम नै स्थगन भएको हो ।

नेकपा एमालेका कार्यकर्ता रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले ओलीलाई ल्याएर भवन उद्घाटन गर्ने कार्यक्रम राखेपछि उपमहानगरका मेयर हेमकर्ण पौडेलले कार्यक्रम स्थगन गर्ने सूचना निकालेका हुन् ।

मेयर पौडेलले भने तयारी पूरा नभएको भन्दै कार्यक्रम स्थगित भएको विज्ञप्ति जारी गरेका छन् ।

भवन निर्माणको काम सम्पन्न नभएको भन्दै उद्घाटन कार्यक्रम स्थगित गर्न उनले सोमबार पत्र पठाएका थिए ।

तर, विद्यालयको स्थानीय सरकार मातहत सञ्चालन हुने भएपनि मेयरको निर्देशन अवज्ञा गर्दै व्यवस्थापन समितिले कार्यक्रम गरेरै छाड्ने बताएको छ ।

एमालेका नेताहरू पनि कार्यक्रम सम्पन्न हुने भन्दै तयारीमा छन् ।

व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले निर्धारित समयमै भवन उद्घाटन हुने र ओलीले नै गर्ने बताएका छन् ।

ओलीबाट भवन उद्घाटन गराउने कार्यक्रमको तयारी गर्न एमाले कोशी प्रदेशका सहइन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईसहितका नेताहरू आइतबार विद्यालयमा पुगेका थिए ।

राजनीतिक प्रतिशोध साँधेर ओलीलाई भवन उद्घाटननमा अवरोध गर्न खोजेको भन्दै एमालेले भवन उद्घाटन नरोकिने बताएको छ ।

मेयर पौडेलले भने पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले भवनको उद्घाटन गर्नु गौरवको कुरा भएपनि नगरसँग जोडिएको विषय भएकाले आवश्यक तयारी पूरा गर्न बाँकी भएको जिकिर गरेका छन् ।

इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजनाअन्तर्गत छात्रावाससहितको सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेको हो ।

इटहरी उपमहानगरपाकिाका तत्कालीन नगरप्रमुख द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका थिए ।

इटहरी उपमहानगरपालिकाको पहलमा राष्ट्रिय योजना आयोगमार्फत संघीय सरकारको विशेष अनुदानमा बनेको भवनमा उपमहानगरपालिकाको १० प्रतिशत लगानी रहेको बताइएको छ ।

प्रकाशित समय: बुधबार १६ फाल्गुण, २०८०, ०७:४८:२६

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०