अलबिदा ‘हजार सपनाहरूको माया’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । नेपाली सुगम-संगीतमा अजम्बरी एउटा नाम भक्तराज आचार्यको भौतिक शरीर अब हामीमाझ रहेन ।

‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘जति चोट दिन्छ्यौ देऊ मायालु’ जस्ता प्रेमिल र ‘जहाँ छन् बुद्धका आँखा’ जस्ता देशप्रेमी गीत एवम् ‘एक दिन मैले प्रभुसँग सोधें’ जस्ता भजनबाट जनमनमा बस्न सफल आचार्यको निधन भएको छ ।

Advertisement

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार साँझ मेडसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

८१ वर्षअघि १९९९ सालमा भारतको पश्चिम बंगालस्थित डुवर्समा जन्मिएका आचार्य लामो समययता बिरामी थिए ।

भजन शिरोमणिको उपनामले चिनिने उनी २०३० सालमा रेडियो नेपालको आधुनिक गायन प्रतियोगितामा प्रथम भएर व्यावसायिक गायनमा प्रवेश गरेका थिए ।

यद्यपि स्वरसम्राट नारायणगोपालका समकालीन गायक रहेका आचार्यको गायन यात्रा डेढ दशक मात्र रह्यो ।

२०४६ मंसिर १९ गते सांघातिक आक्रमणमा परेका आचार्यको क्यान्सरका कारण २०५० सालमा जिब्रो काट्नुपरेपछि गायन यात्रा रोकिएको थियो ।

त्यसयता उनी दूध मात्रै खाएर बाँचिरहेका थिए ।

उनका दुई छोराहरू सत्यराज र स्वरूपराज आचार्य पनि संगीत कर्ममा सक्रिय छन् ।

आचार्यको पार्थिव शरीर आज अस्पतालमै राखी भोलिमात्रै अन्त्येष्टि गर्ने परिवारको निर्णय रहेको अस्पतालले जनाएको छ ।

उनको जीवनमा आधारित चलचित्र ‘आचार्य’ बनेको छ । जसमा छोरा सत्यराजले उनको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०