विराटनगर । मोरङको रंगेली नगरपालिका-२ मंगलबारेमा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ ।
आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर महेन्द्र माविले आफ्नो ५३औं वार्षिकोत्सव र तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०७९-८० को विद्यालयको आय-व्यय पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले साँस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
रंगेली नगरपालिका उपप्रमुख भूमा पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि रंगेली-२ का वडाअध्यक्ष सन्तलाल खवास, शिक्षिक-शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।