प्रहरीको जागिर छोडेर घर बस्दै आएका रत्नकुमार दुर्घटनामा बिते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-८ झोडामा दुर्घटना भई उपचारका क्रममा ज्यान गुमाएका व्यक्ति पूर्वप्रहरी रहेको खुलेको छ ।

शुक्रबार भएको दुर्घटनामा घाइते भएका उदयपुरगढी गाउँपालिका-६ नेपालटारका ३४ वर्षीय रत्नकुमार तामाङको उपचारका क्रममा मृत्यु भएको थियो ।

शुक्रबार बिहान करिब १०:३० बजेतिर त्रियुगा-८ झोडामा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको को२८ प ७०८६ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किएको थियो ।

सोही दिशातर्फ जाँदै गरको प्र १- ०५-०१ क ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक तामाङ गम्भीर घाइते भएका थिए ।

उनी छाती, अनुहार र बाँया हातमा चोट लागेर गम्भीर घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडि सवार रत्नकै श्रीमती ३३ वर्षीया उर्मिला तामाङ पनि घाइते भएकी थिइन् । उनको दाहिने हातमा चोट लागेको थियो ।

दुर्घटनामा दुवै जना घाइते भएपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल गाईघाटमा पुर्‍याएको थियो ।

उपचारका क्रममा रत्नको शनिबार राति ११ बजेतिर मृत्यु भएको थियो भने उर्मिला सामान्य उपचारपछि घर फर्किएकी छन् ।

उदयपुरगढी-६ नेपालटारका तामाङ घरबाट गाईघाट जाँदै गर्दा झोडामा दुर्घटनामा परेका थिए । पारिवारिक स्रोतका अनुसार रत्नकुमार नेपाल प्रहरीमा कार्यरत थिए ।

वर्षदिन अघिमात्र जागिरबाट राजीनामा दिएका उनी पछिल्लो समय घरमै बस्दै आएका थिए । उनकी श्रीमती उर्मिला भने स्थानीय स्वास्थ्यकर्मी हुन् ।

दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट चुहाडेले नियन्त्रणमा लिएको छ भने ट्रक र ट्रक चालक त्रियुगा-११ का ४० वर्षीय विनोदकुमार चौधरी पनि पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयको उदयपुरले नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जनाएको छ ।

प्रकाशित समय: आईतबार १३ फाल्गुण, २०८०, १९:२०:५२

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०