चालकको लापरबाहीले गर्दा पल्टियो उर्लाबारीका स्वास्थ्यकर्मी सवार बस

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको उर्लाबारीका स्वास्थ्यकर्मी सवार बस झापामा पल्टिँदा १४ जना घाइते भएका छन् ।

उर्लाबारी हस्पिटलको स्वास्थ्यकर्मीहरू पिकनिक खाएर फर्किँदै गर्दा उनीहरू सवार बस शनिबार साँझ ४:४५ बजेतिर शिवसताक्षी नगरपालिका-१० किरात चोकमा पल्टिएको थियो ।

शिवसताक्षी-१० दोमुखामा वनभोज खाएर उर्लाबारीतर्फ फर्किएको को १ ख ६३०५ नम्बरको बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत किरात चोकमा आफैं अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा बसमा सवार अन्दाजी ३०-३५ जनामध्ये १४ जना घाइते भएका थिए । प्रहरीले उनीहरूलाई उद्धार गरी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाएको थियो ।

इलाका प्रहरी कार्यालय, झिलझिलेले बस चालक उर्लाबारी-५ बस्ने ४१ वर्षीय चन्द्रकुमार फुँयाललाई नियन्त्रणमा लिएको छ ।

चालकको लापरबाहीले गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाउँदै प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

दुर्घटनामा उर्लाबारी-६ का ४६ वर्षीय ताराप्रसाद अधिकारी, उनकी श्रीमती ४३ वर्षीया उमा खनाल, उर्लाबारी-५ का ५५ वर्षीय बहादुर चौधरी, उनकी श्रीमती ५३ वर्षीय पवित्रा लामिछाने, उर्लाबारी-४ बस्ने ३६ वर्षीया बन्दना प्रसाईं, २५ वर्षीय महेश नाथ र उर्लाबारी-६ बस्ने ३० वर्षीया कल्पना कँडेल घाइते भएका छन् ।

उनीहरूको अरनिको अस्पताल, उर्लाबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अरू घाइते भने उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित समय: आईतबार १३ फाल्गुण, २०८०, ०७:३९:०७
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०