नेमुवा दुर्घटना : घाइते अधिकारीलाई भेटेर गृहमन्त्री श्रेष्ठले भने- सरकारले सहयोग गर्छ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मोरङ बूढीगंगा गाउँपालिका–४ प्रगति टोलमा शुक्रबार भएको दुर्घटनामा परी घाइते भएका व्यक्तिलाई भेटेका छन् ।

शनिबार बिहान बूढीगंगास्थित विराट मेडिकल टिचिङ हस्पिटल आएर गृहमन्त्री श्रेष्ठ दुर्घटनामा परी घाइते भई उपचाररत ज्योति अधिकारीलाई भेटेका हुन् ।

Advertisement

अधिकारीलाई भेटेर गृहमन्त्री श्रेष्ठले सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कोशी प्रदेशसभा सदस्य जीवन आचार्यका अनुसार बूढीगंगामा लहरी पल्टेर भएको दुःखद् घटनाका मृतक बालबालिकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै गृहमन्त्री श्रेष्ठले सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएक हुन् ।

‘गृहमन्त्रीज्यूले नेमुवा दुर्घटनाका घाइतेलाई अस्पतालमा प्रत्यक्ष भेटेर सरकारले गर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो,’ आचार्यले भने ।

शुक्रबार बिहान मार्वल लोड गरेको आरजे २९ जिबी १५६१ नम्बरको भारतीय लहरीको डाला पल्टिएर किच्दा तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीय ज्योति अधिकारीको घरमा क्षति पुर्‍यायाउँदा घरभित्र रहेका पाँच वर्षीय निशान अधिकारी र इसिता अधिकारीको मृत्यु भएको हो ।

उनीहरूसँग खेल्न आएकी स्थानीय सञ्जु खवासकी आठ सात वर्षीया छोरी रिया खवासको पनि मृत्यु भएको थियो ।

उनका अनुसार भारतबाट मार्वल उद्योगका लागि कच्चा पदार्थ लिएर नेमुवाबाट कोयलपुरतर्फ जाने क्रममा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा जुम्ल्याहा निशान र इसिताको मृत्यु हुँदा उनीहरूका बुबा ज्योति अधिकारी गम्भीर घाइते भएका थिए ।

यो पनि :

‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०