ट्रकलाई ओभरटेक गर्दा दुर्घटनामा पर्‍यो मोटरसाइकल : उदयपुरका रत्न बिते, श्रीमती घाइते

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-८ झोडामा शुक्रबार भएको दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका-६ नेपालटारका अन्दाजी ३४ वर्षीय रत्नकुमार तामाङ रहेका छन् ।

Advertisement

हिजो बिहान करिब १०:३० बजेतिर त्रियुगा-८ झोडामा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको को२८ प ७०८६ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किएको थियो ।

सोही दिशातर्फ जाँदै गरको प्र १- ०५-०१ क ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक तामाङ गम्भीर घाइते भएका थिए ।

उनी  छाती, अनुहार र बाँया हातमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

सोही मोटरसाइकलमा पछाडि सवार रत्नकै श्रीमती ३३ वर्षीया उर्मिला तामाङ पनि घाइते भएकी छन् । उनको दाहिने हातमा चोट लागेको थियो ।

दुर्घटनामा दुवै जना घाइते भएपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल गाईघाटमा पुर्‍याएको थियो ।

उपचारका क्रममा रत्नको गएराति ११ बजेतिर मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । उर्मिला भने सामान्य उपचारपछि घर फर्किएकी छन् ।

दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट चुहाडेले नियन्त्रणमा लिएको छ भने ट्रक र ट्रक चालक त्रियुगा-११ का ४० वर्षीय विनोदकुमार चौधरी पनि पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयको उदयपुरले नियन्त्रणमा लिएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०