शारदाका विद्यार्थीलाई साइबर अपराधबाट बच्न प्रशिक्षण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित शारदा सेकेन्डरी बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीलाई साइबर अपराध र लागुऔषध दुर्व्यसनीबाट जोगाउन प्रशिक्षण दिएको छ ।

शुक्रबार विद्यालयमै एक कार्यक्रम गरी दुई अलग विषयमा प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल सञ्जय मण्डलले जानकारी दिए ।

साइबर अपराध र लागुपदार्थ दुर्व्यसनी आजको डरलाग्दो समस्या भएकाले यसबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिइएको प्रिन्सिपल मण्डलले जनाए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले विद्यार्थीहरूलाई साइबर अपराध र लागुऔषध दुर्व्यसनबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणका क्रममा इन्स्पेक्टर दाहालले विद्यार्थीहरू देशका सबल कर्णधार भएकाले शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ रहनका लागि दुर्व्यसनबाट जोगिन विशेष आग्रह गरे ।

अत्यन्त उत्प्रेरक, शिक्षाप्रद तथा जानकारीमूलक सो प्रशिक्षण कार्यक्रममा दाहालले लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगले घटिरहेका अपराधका बारेमा पनि व्याख्या गरेका थिए ।

प्रहरी चौकी झोराहाटसँगक‍ो समन्वयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो, जसमा प्रहरी चौकी झोराहाटका इन्चार्ज कपलेश्वर स्वर्णकारले सानो लापरबाहीले ठुलो नोक्सानी हुन सक्ने बताए ।

स्वर्णकारले आगामी दिनमा समेत यस्ता जनचेतनामूलक कार्यहरू गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल मण्डलले विद्यार्थी समाज र देशकै तागतिलो शक्ति भएकाले यस्ता अनुशिक्षण कार्यक्रमले उनीहरूलाई सत्मार्गमा हिँड्न अभिप्रेरित गर्ने बताए ।

प्रिन्सिपल मण्डलले विद्यार्थीहरूको ध्यानाकर्षण गराउँदै प्रशिक्षणमा सिकाइएका सबै कुराहरू विद्यालयको पाठ्यक्रममा उल्लेख भएकाले विद्यार्थीहरूलाई सन्दर्भ सामग्रीको रूपमा समेत प्रयोग हुने बताए ।

हरकाेहीलाई ट्राफिक सचेतनाको आवश्यकता परिरहेको आजको समयमा विद्यार्थीहरूले यस कुराको सन्देश आफ्नो घर र गाउँ समाजमा फैलाएर महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने प्रिन्सिपल मण्डलको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय हरैंचाका ट्राफिक प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर बस्नेत र प्रहरी वरिष्ठ हवल्दार महेन्द्र दाहालले सडक दुर्घटना र सचेतनाका बारेमा प्रकाश पारेका थिए ।

सडक अनुशासन पालन गरेर दुर्घटनालाई न्यूनीकरण गर्न हामी सबैले उत्तिकै लागिपर्नुपर्ने बस्नेतको धारणा थियो ।

प्रकाशित समय: शुक्रबार ११ फाल्गुण, २०८०, १७:३६:२१

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०