पर्यटकीय क्षेत्र सन्दकपुरमा रेडपाण्डा पार्क सञ्चालन गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
३ वर्षअघि

इलाम । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले इलामको पर्यटकीय क्षेत्र सन्दकपुर घुमेपछि रेडपाण्डा पार्क सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार इलामको सन्दकपुर गाउँपालिकाभित्रका पर्यटकीयस्थलहरूको स्थलगत अध्ययन गरेका मन्त्री उप्रेतीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पर्यटकीय जिल्ला इलामका विभिन्न क्षेत्रमा भ्रमण गरेका मन्त्री उप्रेतीले इलामको पर्यटकीय नगरी सन्दकपुर गाउँपालिका-२ टप्पुमा रहेको रेडपाण्डा प्रजनन केन्द्रको अवलोकनसमेत गरेका थिए ।

आइतबार र सोमबार इलामको सन्दकपुर, माईपोखरी, कालपोखरी, प्रस्तावित रेडपाण्डा संरक्षित क्षेत्र टप्पुलगायत पर्यटकीय क्षेत्रमा रहेर मन्त्री उप्रेतीले स्थलगत अध्ययन गरेका थिए ।

मन्त्री उप्रेतीले पर्यटकीय क्षेत्रमा प्रदेश सरकारबाट कार्यान्वयनमा आएको योजनाहरूको प्रगति, पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले गर्नुपर्ने कामका बारेमा जनप्रतिनिधि र पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेका थिए ।

त्यसबाहेक उनले सन्दकपुर-२ मा अवस्थित प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरमा पर्यटन व्यवसायी, जनप्रतिनिधि, पर्यटनकर्मी र उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरे ।

पर्यटकीयस्थल टप्पुमा निर्माणाधीन रेडपाण्डा संरक्षित क्षेत्रको अध्ययनसमेत मन्त्री उप्रेतीले गरे ।

रेडपाण्डा संरक्षित क्षेत्र सञ्चालनका लागि निर्माण भएका पूर्वाधारको निरीक्षण गरेका मन्त्री उप्रेतीसँग रेडपाण्डा संरक्षण केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा भन्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले आग्रह गरेका थिए ।

गाउँपालिकाले मात्रै सञ्चालन गर्न नसक्ने भएकाले काम गर्दा आइपरेका समस्या समाधान गर्नका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा अध्यक्ष गुरुङले जोड दिए ।

रेडपाण्डा संरक्षण केन्द्र निर्माणस्थलमा सन्दकपुर गाउँपालिका अध्यक्ष गुरुङ, वडा नम्बर ३ का अध्यक्ष लिलबहादुर बुर्जा, २ का अध्यक्ष सनम राई, प्रमुख प्रशासकिय अधिकृत यादव राउत स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाको उपस्थिति रहेको थियो ।

मन्त्री उप्रेतीसँग स्थानीय समाजसेवी प्रेमना छिरिङ राई, श्याम राई पर्यटन व्यवसायी जीवन सिवालगायतले रेडपाण्डा पर्यटन सन्दकपुर गाउँपालिकामा फस्टाएको र त्यसलाई अझ व्यवस्थित गर्न निर्माण हुँदै गएकार रेडपाण्डा संरक्षण केन्द्र सञ्चालनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलको अध्ययनपछि गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्रमा भएको अन्तरक्रियामा बोल्दै मन्त्री उप्रेतीले सन्दकपुर पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपालको अर्थतन्त्र पर्यटनका माध्यमबाट सुधार हुने भएकाले सन्दकपुरको पर्यटन प्रवर्द्धनमा लगानी बढाउने बताए ।

मन्त्री उप्रेतीले भने–‘भारतसँग सीमा जोडिएका सीमा क्षेत्रका अग्लाडाँडाहरू पर्यटकहरुको आकर्षक गन्तव्य भएकाले अब यी क्षेत्रमा प्रदेश सरकारले लगानी बढाउँछ ।’

सन्दकपुरमा रेडपाण्डाको माध्यमबाट विश्वभरका पर्यटकहरु तान्न सकिने भएकाले प्रदेश सरकारले रेडपाण्डा पार्क स्थापनाका लागि योजना अघि सारेको मन्त्री उप्रेतीले बताए ।

प्रदेश सरकारले रेडपाण्डा पार्कका लागि आवश्यक पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा २० लाख बिनियोजन गरेको मन्त्री उप्रेतीले बताए ।

उनले भने, ‘२० लाख बजेट चाँडै कार्यान्वय गरेमा थप बजेटको पनि व्यवस्था गर्न सकिन्छ । छिमेकी भारत र चीनमा रेडपाण्डाको संरक्षण केन्द्र पर्यटक तान्ने माध्यम भएकाले हाम्रो देशको पनि पर्यटनको माध्यम बन्छ ।’

सन्दकपुर गाउँपालिकाले रेडपाण्डा संरक्षण क्षेत्र निर्माणका लागि थालेको अभियानमा प्रदेश सरकारले सहयोग गर्ने भएकाले चाँडो काम गरि थप बजेट र नितिगत समस्या समाधानका लागि प्रदेश सरकारसँग सहकार्य गर्न मन्त्री उप्रेतीले आग्रह गरे ।

उनले इलामको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्नुपर्ने जोड दिए ।

प्रकाशित समय: सोमबार ७ फाल्गुण, २०८०, २०:३७:५०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०