प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित 

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
१ वर्षअघि

इटहरी । इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित बनेका छन् ।

कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरू सम्मानित भएका हुन् ।

प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिवबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा), कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई सम्मान गरिएको थियो ।

उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिमध्ये सुब्बा २०२९ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन् । लम्साल ३० को दशकदेखि नै पत्रकारिता पेसामा आवद्ध रहेका छन् । उनको नेतृत्वमा तत्कालीन पत्रकार संघलाई २०५३ सालमा सुनसरीबाट पत्रकार महासंघ बनाइएको थियो ।

यसैगरी बराल चार दशकयता पत्रकारितामा आवद्ध छन् । कार्की २०२० को दशकदेखि पत्रकारितामा आवद्ध छन् भने आचार्य २०३२ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन् ।

यसैगरी चेम्जोङ पञ्चायती व्यवस्थाको विरुद्धमा कलम चलाउँदै आएका छन् । राई ०४३ सालदेखि पत्रकारितामा सक्रिय छन् ।

यसैगरी उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन् ।

उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो ।

पुरस्कृतहरू वन्त लामो समयदेखि राष्ट्रिय समाचार समितिमा आवद्ध छन् भने राष्ट्रिय फोटो पत्रकारिता समूहका अध्यक्ष छन् । उनी डेढ दशकयता फोटो पत्रकारिता गर्दै आएका छन् ।

यसैगरी बुढाथोकी अन्नपूर्ण पोस्टसँग आवद्ध छन् । विराटनगरमा बसेर आपराधिक क्षेत्रलाई बिट बनाएर पत्रकारिता गर्दै आएका बुढाथोकी करिब दुई दशकदेखि पत्रकारिता पेसामा आवद्ध छन् ।

यसैगरी, भण्डारी करिब डेढ दशक र खतिवडा करिब एक दशकदेखि पत्रकारितामा आवद्ध छन् । दुवैजना प्रदेश खबरसँग आवद्ध छन् ।

यसैगरी रेग्मी करिब एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध छन् । उनी हिमाल प्रेस र राजधानी दैनिकमा आवद्ध छन् ।

यस्तै, पर्यटनको क्षेत्रमा योगदान पुर्‍यायाएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो । यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको थियो ।

उनीहरूलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना र प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै उपसभामुख रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताइन् ।

हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताउँदै उनले भनिन्, ‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन् । मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारणपनि पत्रकारहरूसँग नजिक छु ।’

उनले पत्रकारहरू नागरिक अधिकारका पैरवी गर्ने कलमजीवीहरू रहेको बताइन् ।

प्रकाशित समय: सोमबार ७ फाल्गुण, २०८०, १९:५५:२८

सम्बन्धित खबर

भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार

बुधबार १० ब‌ैशाख, २०८२
८ घण्टाअघि

जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि
भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार
बुधबार १० ब‌ैशाख, २०८२
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान
बुधबार १० ब‌ैशाख, २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०