मोटरसाइकल चोर समातेका निरौला बने ‘पुलिस अफ द मन्थ’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार टीकाराम निरौला माघ महिनाको उत्कृष्ठ बनेका छन् ।

मोरङ प्रहरीले उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

Advertisement

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायीक, लगनशील र कर्तव्यनिष्ठ तबरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका निरौलालाई उत्कृष्ट प्रहरी घोषित गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए ।

उनका अनुसार निरौलाले मोटरसाइकल चोरी नियन्त्रणको विशेष अपरेसनअन्तर्गत एक सयभन्दा बढी मोटरसाइकल चोरी गरी भारतको जोगबनी, फारवेसगन्ज र फुल्काहालगायतका बजारमा पुर्‍याएर बिक्री गर्ने गिरोहका दुई जनालाई पक्राउ गर्न भूमिका निभाएका थिए ।

त्यसबाहेक उनी विभिन्न मुद्दामा अदालतबाट पाँच वर्ष कैद तथा ७० लाखभन्दा बढी जरिवाना तोकिएका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन सफल भएका थिए ।

निरौलाले गरेको उत्कृष्ट कार्यको मूल्यांकन गर्दै उनलाई माघ महिनाको उत्कृष्ट घोषणा गरिएको डिएसपी दाहालले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०