विराटनगरमा दुई सिटी सफारी दुर्घटना, चार जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
११ महिनाअघि
फाइल तस्बिर

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाका दुई भिन्नाभिन्दै ठाउँमा आइतबार दुईवटा सिटी सफारी दुर्घटनामा परेका छन् ।

ती दुर्घटनामा चार जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको छ ।

हिजो बिहान ११:४५ बजेतिर विराटनगर-१५ नेपाल बैंकछेउस्थित तालिम केन्द्र-विराटनगर भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०२-००४ ह २४३० नम्बरको सिटी अनियन्त्रित भई पल्टिएको थियो ।

जसमा सिटी चालक विराटनगर-११ का ४२ वर्षीय मोहन शर्मा र सिटीमा सवार विराटनगर-१३ की ३१ वर्षीया चन्दादेवी राम घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर पठाएर इलाका प्रहरी कार्यालय, रानीले सिटी भने नियन्त्रणमा लिएको छ ।

यस्तै, हिजो साँझ ६:१५ बजेतिर विराटनगर-१३ डिआजी मोडस्थित कोशी लोकमार्गमा रानीबाट विराटनगरतर्फ आउँदै गरेको विराटनगर १ ह. ०५९८ नम्बरको सिटी दुर्घटनामा परेको थियो ।

सिटीको पछाडीको चक्का अचानक खुस्किएर दुर्घटना हुँदा सिटीमा सवार विराटनगर-६ का ५६ वर्षीय दयानन्द महतो र विराटनगर-८ की ४० वर्षीया पिंकीदेवि साह घाइते भएका छन् ।

घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाएको छ ।

इलाका प्रहरी रानीले सिटी र सिटी चालक विराटनगर-१८ का ४० वर्षीय अलमुल मियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: सोमबार ७ फाल्गुण, २०८०, ०६:५९:४३
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०