विराटनगरमा दुई सिटी सफारी दुर्घटना, चार जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
३ वर्षअघि
फाइल तस्बिर

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाका दुई भिन्नाभिन्दै ठाउँमा आइतबार दुईवटा सिटी सफारी दुर्घटनामा परेका छन् ।

ती दुर्घटनामा चार जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको छ ।

Advertisement

हिजो बिहान ११:४५ बजेतिर विराटनगर-१५ नेपाल बैंकछेउस्थित तालिम केन्द्र-विराटनगर भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०२-००४ ह २४३० नम्बरको सिटी अनियन्त्रित भई पल्टिएको थियो ।

जसमा सिटी चालक विराटनगर-११ का ४२ वर्षीय मोहन शर्मा र सिटीमा सवार विराटनगर-१३ की ३१ वर्षीया चन्दादेवी राम घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर पठाएर इलाका प्रहरी कार्यालय, रानीले सिटी भने नियन्त्रणमा लिएको छ ।

यस्तै, हिजो साँझ ६:१५ बजेतिर विराटनगर-१३ डिआजी मोडस्थित कोशी लोकमार्गमा रानीबाट विराटनगरतर्फ आउँदै गरेको विराटनगर १ ह. ०५९८ नम्बरको सिटी दुर्घटनामा परेको थियो ।

सिटीको पछाडीको चक्का अचानक खुस्किएर दुर्घटना हुँदा सिटीमा सवार विराटनगर-६ का ५६ वर्षीय दयानन्द महतो र विराटनगर-८ की ४० वर्षीया पिंकीदेवि साह घाइते भएका छन् ।

घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाएको छ ।

इलाका प्रहरी रानीले सिटी र सिटी चालक विराटनगर-१८ का ४० वर्षीय अलमुल मियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०