केराबारीमा आमा-छोरीलाई खुकुरी हानेर फरार रहेका राई पेस्तोलसहित समातिए

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा आमा-छोरीलाई खुकुरी हानेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका-१ का ५२ वर्षीय नीरकुमार राई रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन दाहालले जानकारी दिए ।

डिइएसपी दाहालका अनुसार केराबारी गाउँपालिका-९ बाट उनलाई पेस्तोल र खुकुरीसहित पक्राउ गरिएको हो ।

राईले बिहीबार (आज) बिहान केराबारी-९ भलुवाइकी ५० वर्षीया जमुनादेवी राई र उनकी २५ वर्षीया छोरी रेणुका राईमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

खुकुरी प्रहारबाट टाउको,अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेपछि उनीहरू दुवै जनाकोलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

खुकुरी हान्ने नीरकुमार जमुनादेवीका भान्जा हुन् । नीरकुमारकी श्रीमतीले दोस्रो बिहे गरेको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खुकुरी हानेर भागेका नीरकुमारलाई अस्थायी प्रहरी पोस्ट भलुवाईले राईलाई ४ राउन्ड गोली लोड भएको अटो पेस्तोल एक थान र एक थान नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय: बिहिबार ३ फाल्गुण, २०८०, १९:१८:५४

सम्बन्धित खबर

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
५३ minutes

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
४ घण्टाअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
६ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
१० घण्टाअघि

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

सोमबार ११ साउन, २०८३
११ घण्टाअघि

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
१५ घण्टाअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०