कोशीका मुख्यमन्त्री र मन्त्रीले २४० किलोमिटर जंगलमा पदयात्रा गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा हात्तीको कारण मानवीय र भौतिक क्षति बढेपछि कोशी प्रदेश सरकारले नागरिकसँग सुझावका लागि संवाद पदयात्रा गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की, पर्यटन तथा वन मन्त्री गणेश उप्रेतीसहित सरकारी टोलीले एक सातासम्म हात्तीमैत्री पदयात्रा गर्ने भएका छन् ।

Advertisement

पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आगामी फागुन ९ गतेदेखि झापाको बाहुँनडाँगीदेखि उदयपुरको बेलकासम्मको २४० किलोमिटर दुरीमा पैदलयात्रा हुने छ ।

पर्यटन प्रवर्द्धन तथा प्रकृति संरक्षणका लागि हात्तीमैत्री पदयात्रा दिइएको कार्यक्रमको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता अखिलेशकुमार गुप्ताले जानकारी दिए ।

हात्ती करिडोरको रुट, दैनिक पैदलयात्राको दुरी र वासस्थान, प्रभावित क्षेत्रका नागरिकसँगको कुराकानीबारे कार्यक्रमको खाका मन्त्रालयले तयार गरिरहेको छ ।

हात्तीले प्रयोग गर्दै आएको बाटो भएर पदयात्रा हुने छ ।

त्यसक्रममा हात्तीको जैविग मार्ग संरक्षण, हात्ती प्रभावित क्षेत्रमा रहेका बस्तीहरूको स्थान्तरण र हात्तीलाई मानव वस्तीमा आउन नदिने उपायबारे छलफल हुने सरकारले जनाएको छ ।

सरकारी टोली प्रभावित क्षेत्रका नागरिकको गुनासो, सुझाव प्रत्यक्ष सुनेर आगामी योजना निर्माण गर्ने छ ।

मुख्यमन्त्री कार्कीले जंगली हात्तीलाई व्यवस्थापन गर्न हात्ती कोरिडोर बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँदै आएका छन् ।

हात्ती हेर्ने पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने सम्भावनाबारे पदयात्रा गर्न लागेको उनको भनाइ छ ।

जंगली जनावरको वासस्थान संकटमा पर्दै गएको र खानेकुराको समेत अभाव हुन थालेकोले उनीहरू मानवबस्तीमा पसेको बताउँदै मुख्यमन्त्री कार्कीले हात्ती कोरिडोरको लागि प्रदेश सरकारले पहल गरेको उल्लेख गरे ।

कोरिडोरमा भएका स्थानीयलाई मुआब्जा दिएर अर्को बस्तीमा स्थानान्तरण गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०