कोशीका मुख्यमन्त्री र मन्त्रीले २४० किलोमिटर जंगलमा पदयात्रा गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ फाल्गुण, २०८०
११ महिनाअघि

विराटनगर । कोशी प्रदेशमा हात्तीको कारण मानवीय र भौतिक क्षति बढेपछि कोशी प्रदेश सरकारले नागरिकसँग सुझावका लागि संवाद पदयात्रा गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की, पर्यटन तथा वन मन्त्री गणेश उप्रेतीसहित सरकारी टोलीले एक सातासम्म हात्तीमैत्री पदयात्रा गर्ने भएका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आगामी फागुन ९ गतेदेखि झापाको बाहुँनडाँगीदेखि उदयपुरको बेलकासम्मको २४० किलोमिटर दुरीमा पैदलयात्रा हुने छ ।

पर्यटन प्रवर्द्धन तथा प्रकृति संरक्षणका लागि हात्तीमैत्री पदयात्रा दिइएको कार्यक्रमको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता अखिलेशकुमार गुप्ताले जानकारी दिए ।

हात्ती करिडोरको रुट, दैनिक पैदलयात्राको दुरी र वासस्थान, प्रभावित क्षेत्रका नागरिकसँगको कुराकानीबारे कार्यक्रमको खाका मन्त्रालयले तयार गरिरहेको छ ।

हात्तीले प्रयोग गर्दै आएको बाटो भएर पदयात्रा हुने छ ।

त्यसक्रममा हात्तीको जैविग मार्ग संरक्षण, हात्ती प्रभावित क्षेत्रमा रहेका बस्तीहरूको स्थान्तरण र हात्तीलाई मानव वस्तीमा आउन नदिने उपायबारे छलफल हुने सरकारले जनाएको छ ।

सरकारी टोली प्रभावित क्षेत्रका नागरिकको गुनासो, सुझाव प्रत्यक्ष सुनेर आगामी योजना निर्माण गर्ने छ ।

मुख्यमन्त्री कार्कीले जंगली हात्तीलाई व्यवस्थापन गर्न हात्ती कोरिडोर बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँदै आएका छन् ।

हात्ती हेर्ने पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने सम्भावनाबारे पदयात्रा गर्न लागेको उनको भनाइ छ ।

जंगली जनावरको वासस्थान संकटमा पर्दै गएको र खानेकुराको समेत अभाव हुन थालेकोले उनीहरू मानवबस्तीमा पसेको बताउँदै मुख्यमन्त्री कार्कीले हात्ती कोरिडोरको लागि प्रदेश सरकारले पहल गरेको उल्लेख गरे ।

कोरिडोरमा भएका स्थानीयलाई मुआब्जा दिएर अर्को बस्तीमा स्थानान्तरण गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

प्रकाशित समय: बिहिबार ३ फाल्गुण, २०८०, १८:५६:१४
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०