विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–५ तेतरियास्थित श्री हंस मेमोरियल एकेडेमीले विविध कार्यक्रम गरी सरस्वती पूजा मनाएको छ ।
विद्यालयको प्रांगणमा सरस्वतीको प्रतीमा स्थापना गरेको हंसले बुधबार विधिन्न कार्यक्रम गरी सरस्वतीको पूजा गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सरस्वती माताको पूजाअर्चना गर्दै श्रीपञ्चमी मनाएको हो ।
हंसका प्रिन्सिपल रमेशकुमार माझीले हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजाआजा गरेर मनाइएको जानकारी दिए ।
उनले श्रीपञ्चमीसँगै विद्यालयमा बालबालिकालाई अक्षरआरम्भ पनि गराइएको बताए ।
विद्यालयकी भाइस प्रिन्सिपल रेजिनाले खवासले नयाँ शैक्षिक सत्र २०८१–८२ का लागि पनि भर्ना खुला गरिएको जानकारी दिइन् ।
उनले बेलैमा भर्ना गरेर विद्यार्थीको भविष्य सुरक्षित बनाउन आग्रह गरिन् ।
विद्यालयमा स्थापना गरिएको सरस्वतीको प्रतीमामा विद्यार्थीहरूले पूजा–अर्चना गर्दै प्रसाद ग्रहण गरेका थिए ।
त्यसबाहेक सरस्वती पूजाको अवसरमा हंस मेमोरियलले सांगीतिक कार्यक्रम पनि आयोजना गरेको थियो, जसमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य देखाएका थिए ।
कार्यक्रममा शिक्षक–शिक्षिकाका अलावा अभिभावकहरूको उपस्थिति रहेको थियो ।