जनक मेमोरियलले मनायो सरस्वती पूजा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले श्रीपञ्चमी तथा सरस्वती पूजा मनाएको छ ।

विद्यालयमा सरस्वती माताको प्रतीमा स्थापना गरेर बुधबार स्कुलले पूजाअर्चना गर्दै मनाएको हो ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमाविद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइएको स्कुलका प्रिन्सिपल सुनील भगतले जानकारी दिए ।

श्रीपञ्चमीसँगै विद्यालयमा बालबालिकालाई अक्षरआरम्भ पनि गराइएको र नयाँ शैक्षिक सत्र २०८१/८२ का लागि पनि भर्ना खुला गरिएको प्रिन्सिपल भगतले जानकारी दिए ।

विद्यालयमा स्थापना गरिएको सरस्वतीको प्रतीमामा विद्यार्थीहरूले पूजा–अर्चना गर्दै प्रसाद ग्रहण गरेका थिए ।

विद्यालयले आजै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरेको थियो ।

त्यसबाहेक सरस्वती पूजाको अवसर पारेर जनक मेमोरियलले सांगीतिक कार्यक्रम पनि आयोजना गरेको थियो, जसमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य देखाएका थिए ।

कार्यक्रममा विद्यालयका लेखा अधिकृत आलोक अधिकारी तथा शिक्षक–शिक्षिकाका अलावा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

वसन्त ऋतु सुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ ।

सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रहिआएको छ ।

प्रकाशित समय: बुधबार २ फाल्गुण, २०८०, १७:५५:४१
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०