‘भ्यालेन्टाइन डे’ को लोकप्रियता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाउने गरिन्छ ।

पछिल्लो समय प्रणय दिवस विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि यो दिवस मनाउँछन् ।

युवक–युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन ।

केही नेपाली हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्णाष्टमि भएको तर्कमा जोड दिन्छन् ।

त्यसैले आयातित विदेशी संस्कृतिअनुसार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउन नहुने तर्क राख्छन् ।

भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ ।

भ्यालेन्टाइन डेलाई जसरी उल्लासपूर्ण तरिकाले मनाउने गरिए पनि यसको महत्वबारे पछिल्लो पुस्ता कम जानकार छन् भ्यालेन्टाइन के हो र कसरी सुरु भयो त यसको प्रचलन ?

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डेको इतिहासलाई फर्केर हेर्दा रोमन राजा क्लाउडियसले नारीसँगको सम्बन्धका कारण आफ्ना सैनिकबाट गोप्य कुरा बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।

राजा क्लाउडियसको आदेशलाई एक जना सन्त भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए अर्थात् राजाको आज्ञाविरुद्ध सर्वसाधारण जनतालगायत सैनिक जवानलाई आ-आफ्नो प्रेमी प्रेमिकासँग सार्वजनिकस्थलमा विवाह गराइदिए ।

आफ्नो आदेशको उल्लंघन गरेको कारण राजा क्लाउडियसलाई सह्य भएन र उक्त व्यक्ति (भ्यालेन्टाइन) लाई मृत्युदण्डको सजाय दिए।

कथन यस्तो छ

इसापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरूको विवाह गराएको आरोपमा राजा क्लाउडियसको आदेशमा भ्यालेन्टाइनलाई जेल पठाएर उनलाई फेब्रुअरी १ तारिखका दिन मृत्युदण्डको सजाय सुनाइयो र फेब्रुअरी १४ तारिखको दिन उनलाई फाँसीमा झुन्डयाएर मृत्युदण्ड दिइयो ।

सोही समयपश्चात् रोमका हजारौं सैनिकलगायत अन्य सर्वसाधारणले समेत प्रेमका पुजारी ‘भ्यालेन्टाइन’ को नाममा १४ फ्रेबु्रअरीलाई ‘भ्यालेन्टाइन डे’ को रूपमा मनाउन थाले ।

त्यसै समयदेखि भ्यालेन्टाइनको सम्झनामा प्रेमी–प्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने थालेको यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाउनुका साथै नेपाली युवामा समेत जरो गाडिसकेको छ ।

देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ ।

प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदान–प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ ।

युरोपका कतिपय देशमा यसदिन सार्वजनिक बिदा दिने चलन छ भने कतिपय मुलुकमा सोही दिन विवाह गर्ने चलन पनि छ ।

सर्च इन्जिन गुगल खोजमा ‘भ्यालेन्टाइन डे’ सर्च गर्दा एक अर्ब ४३ करोडभन्दा बढी नतिजा देखाउँछ भने लाखौँ पेजले मायाको परिभाषा दिएका छन् ।

प्रेमको परिभाषा जति गरे पनि अधुरो र अपूरो नै हुन्छ ।

प्रकाशित समय: बुधबार २ फाल्गुण, २०८०, ०८:००:५७
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०