जिल्ला अस्पताल छिरेर मुख्यमन्त्रीले दिए कारबाहीको चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ फाल्गुण, २०८०
३ वर्षअघि

उदयपुर । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकालाई गत माघ १५ गतेबाटै निःशुल्क उपचारको प्रबन्ध गरिसकेको छ ।

प्रदेश सरकारले उपचारका लागि पहिलो सम्पर्क अस्पताललाई प्रदेश मातहतका सबै अस्पतालका साथै, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्थानीय तह मातहतका सबै अस्पताललाई तोकेको छ ।

बालबालिकालाई निःशुल्क उपचार गराउन पहिलो सम्पर्क अस्पतालमा जानुपर्दछ, त्यहाँबाट प्रेषण गर्नुपरेमा प्रदेश सरकारले तोकेका अस्पतालमा लैजान सकिन्छ ।

यही सेवाको अनुगमनका लागि कोशीका मुख्यमन्त्री केदार कार्की मंगलबार जिल्ला अस्पताल उदयपुर पुगे ।

बच्चाका वार्डमा पुग्दा आफूले बाहिरबाटै औषधि ल्याउने गरेको र निःशुल्क उपचारका बारेमा आफूलाई जानकारी नभएको सेवाग्राहीको गुनासो सुने ।

छड्के अनुगमनमा पुगेका मुख्यमन्त्री कार्कीले अस्पतालको सरसफाइलगायत विभिन्न वार्डहरूको अनुगमनमा सन्तोषजनक अवस्था नदेखिएपछि अस्पताललाई तुरुन्त व्यवस्थित गरी सरकारले कार्यान्वयनमा ल्याएका योजनाहरू तुरुन्त लागू गर्न निर्देशन दिएका छन् ।

‘सरकारका योजना कार्यान्वयनमा नल्याउने अस्पतालहरूलाई हामी कारबाही गर्छौं,’ उनले भने, ‘कोशी प्रदेशको कोही पनि १० वर्षभन्दा कमको बच्चा बिरामी भएमा उपचार सेवाबाट बञ्चित नहुन् ।’

जिल्ला अस्पताल उदयपुरका मेसु डा. ज्ञानेन्द्र झाले सरकारको योजना कार्यान्वयनका लागि आन्तरिक व्यवस्थापन गरिरहेको बताए ।

‘हामी आन्तरिक तयारीमा छौँ, व्यवस्थापन भइरहेकाले केही दिनबाटै निःशुल्क उपचारको सेवा सुरु गर्छाैं,’ उनले मुख्यमन्त्रीलाई ब्रिफिङ गराउँदै भने ।

मुख्यमन्त्री कार्कीले आउने सेवाग्राहीलाई सहज बनाउन अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

‘सेवाग्राहीलाई हरेक कुरा थाहा नहुन सक्छ, तपाईँहरूले थाहा दिनुपर्दछ कोशी प्रदेशका हरेक नागरिकले तिरेको करको सदुपयोग हुनुपर्छ । प्रदेशका बालबालिकाले उपचार पाउनुपर्छ,’ उनले भने ।

प्रकाशित समय: मङ्गलबार १ फाल्गुण, २०८०, २०:२२:३४

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०