विराटनगमा ‘बम’ राख्ने दुई जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर महानगरपालिका–३ घरेलु तथा साना उद्योग कार्यालयनजिक खाली चौरमा बम राख्ने दुई जना समातिएका छन् ।

मोरङ प्रहरीले प्रेसर कुकर बम राख्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाउँपालिका–१ गजुरमुखीका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङ्वरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी रहेका छन् ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार सोमबार दिउँसो नै उनीहरूलाई पक्राउ गरिएको हो ।

मिश्र र अधिकारीले विराटनगर–३ मा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा बम राखेका थिए । मंगलबार बिहान १०ः४३ बजे नेपाली सेनाको टोलीले बम डिस्पोज गरिसकेको छ ।

पक्राउ परेपछि आफूहरूले बम राखेको खुलाएका थिए । सोहीअनुरूप बम फेला परेको स्थानलाई सुरक्षित राख्न प्रहरी परिचालन गरिएको थियो । आज बिहान मोरङ जिल्लामा तैनाथ भैरव गणका सेनानी रभास खतिवडाको कमाण्डमा रहेको टोलीले डिस्पोज गरेको हो ।

कालो टेपले बाँधिएको प्रेसरकुकरभित्र २७ डेटोनेटर १ र सेफ्टि फ्युज, सबुनको डल्ला र ढुङ्गाहरु फेला परेको छ ।

पक्राउ परेका उनीहरू निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहका सदस्य हुन् ।

उनीहरू यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाआवद्ध रहेको खुलेको छ । विप्लव समूहबाट अलग भएर विद्यालयलगायतमा चन्दा आतंक मच्चाइरहेको पाइएको प्रहरीको भनाइ छ ।

यो समूहले पछिल्लो केहीसमय यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको थियो ।

पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ ईन्च लम्बाईको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।

यस्तै सहयोगका लागि लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, डायरी र एनसेलका पाँच वटा सिम बरामद भएको छ ।

अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोग सम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ ।

प्रकाशित समय: मङ्गलबार १ फाल्गुण, २०८०, ११:५१:२४

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०