धनकुटा : ट्र्याक्टरले किचेर घाइते भएका तामाङलाई ढाँटेर अस्पताल पुर्‍याएपछि…

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २९ माघ, २०८०
३ वर्षअघि

धनकुटा । ट्र्याक्टरले किचेर घाइते भएका धनकुटाको चौबिसे गाउँपालिकाका दिलप्रसाद तामाङलाई ढाँटेर अस्पताल पुर्‍याइएको पाइएको छ ।

शनिबार दिउँसो १ बजेतिर चौबिसे-८ अठारसय बस्ने ३६ वर्षीय तामाङलाई रुख काट्ने क्रममा रुखको मुढाले किचेर घाइतथे भएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

Advertisement

अस्पताल पुर्‍याइँदा गम्भीर अवस्थामा रहेका तामाङको सोही दिन साँझ ७:१० बजेतिर उपचारका क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय, राजारानीबाट प्रहरी निरीक्षक उमेश राईको टोलीले अनुसन्धानका गर्दा उनलाई ट्र्याक्टरले किचेको पाइएको छ ।

आइतबार गरिएको सोधपुछका क्रममा चौबिसे-८ आठारसयस्थित भित्री कच्ची सडकखण्डमा को.२ त ५०६३ नम्बरको ट्र्याक्टरले किचेको खुलेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

उनका अनुसार चौबिसे-८ कै ३२ वर्षीय टंकबहादुर खड्काले चलाएको ट्र्याक्टर सल्लेरी आमडाडाबाट आठारसयतर्फ
जाँदै थियो ।

काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा उक्त ट्र्याक्टरमा सवार रहेका तामाङ ट्र्याक्टरबाट भुइँमा खसेका थिए ।

गुडिरहेको ट्र्याक्टरले किचेर उनी गम्भीर घाइते भएका थिए ।

चालकको लापरबाहीले गर्दा तामाङको मृत्यु भएपछि ट्र्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय, धनकुटाले नियन्त्रण लिएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०